6 years ago
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा ९ बजे विराटनगर टाइटन्स र काठमाडौं रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा दिउँसो १:१५ बजे चितवन राइनोजले पोखरा पल्टनको सामना गर्नेछ ।
सन्दीप लामिछानेको टोली विराटनगर टाइटन्सले सुरुवाती दुई खेल हारेको छ । अब प्रतियोगिताको उपाधि भिडन्तमा कायम रहने हो भने विराटनगरलाई जितको विकल्प छैन । लगातार खेलमा औसत प्रदर्शन गरेको टोलीको ब्याटिङमा निकै समस्या देखिन्छ । बलिङमा सन्दीप लामिछानेले विकेट लिएपनि अन्य बलरले साथ दिन सकेका छैनन् ।
यता ज्ञानेन्द्र मल्लको टोली भने लगातार दोस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्न चाहन्छ । यसका लागि टोलीले फेरीपनि गौरव तोमरको आक्रामक ब्याटिङको अपेक्षा राख्नेछ । उनले पहिलो खेलमा ९५ रन जोडेका थिए । बलिङमा पनि सुशन भारी, वसन्त रेग्मीजस्ता स्पिनर रहेकाले टोली राम्रो लयमा हुनेछ ।
चितवन राइनोज
दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज प्रतियोगिताको पहिलो जित दर्ता गर्ने सुरमा छ । पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग फराकिलो अन्तरले पराजित भएपछि पारसको टोली दबाबमा छ । चितवनको ब्याटिङ पतन हुँदा ठूला नामहरुले खेल्न सकेका थिएनन् । अनिल साह, आरिफ शेख, पारस खड्का जस्ता घरेलु क्रिकेटमा नाम चलेका ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केका थिए । घरेलु खेलाडी करण केसीले भने राम्रो प्रदर्शन गरेका थिए ।
पोखरा पल्टनले भने प्रतियोगितामा मिश्रित सुरवात गरेको छ । पहिलो खेलमा जित हात पारेपनि दोस्रोमा टोलीले बुटवल ब्लास्टर्ससँग अपेक्षित प्रदर्शन गर्न सकेन । १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराको ब्याट्सम्यान चल्न नसक्दा हार बेहोर्नुपरेको थियो । मोहमद नविदको आगमनले बलिङमा अझै मजबुती पुगेको छ ।
विराटनगर टाइटन्स
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]