6 years ago
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को पाँचौ तथा आज भएको दोस्रो खेलमा वुटवल वलास्टरले घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पाराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको वुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । १ सय ५१ रनको लक्ष्य पक्ष्याएको पल्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदैँ मात्र १ सय १७ रन बनाउन सक्यो । पोखराका लागि बलरले उत्कृष्ट प्रर्दशन गर्दै वुटवललाई सस्तैमा राक्ने काम गरेका थिए । त्यस्तै पल्टनले ब्याटिङमा राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याटम्यान चल्न नसक्दा पराजित हुद पुग्यो । सामान्य स्कोर रक्षागर्न वुटवलका यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।
रोहन मुस्तफा
एईका कप्तान समेत रहेका रोहन मुस्तफाले वुटवललाई जिताउन अलराउण्डर प्रर्दशन गरे । ब्याटिङमा ४५ रन बनाएका उनले बलिङमा २ विकेट हातपारे । दोस्रो ओभरको तेस्रो बलमा मेहबुब आलमले युएईका युवा ब्याटम्यान चिराग सुरीलाई ५ रनमा बोल्ड आउट गरेपछि मैदान प्रवेश गरेका मुस्तफा १४ औँ ओभरको तेस्रो बलमा कप्तान शरद भेषवाकरको बलमा एलपी डब्लुको शिकार बन्न पुगेका थिए । एलपिडब्लु आउट हुनु अघि मुस्तफाले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए ।
मुस्तफाले तेस्रो विकेटका लागि भिम सार्कीसँग ७३ रनको साझेदारी गर्दै बुटवललाई प्रतिस्पर्धात्मक लक्ष्य बनाउन उत्कृष्ट भूमिका निर्वाह गरे । मुस्तफा ब्याटिङमा मात्र होइन बलिङकमा पनि चम्किए । पल्टनका हिटर विनोद भण्डारीलाई ६ रनमा आउट गरेका उनले रसिद खानलाई १० रनमा पेभिलिएन फर्काए । मुस्तफा खेलमा म्यान अफ द म्याच समेत घोषित भए ।
सोमपाल कामी
कप्तान सोमपाल कामीले वुटवलको जितमा उत्कृष्ट अलराउण्डर प्रर्दशन गर्न सफल रहे । ब्याटिङमा २२ रन बनाएका सोमपालले किफायती बलिङ गर्दै महत्वपूर्ण दुई विकेट लिएका थिए । १८ औँ ओभरको दोस्रो बलमा मोहमम्द नवीदले सिद्धान्त लोहनीलाई १३ रनमा आउट गरेपछि ब्याटिङ गर्न मैदान छिरेका सोमपाल अन्तिम ओभरको चौथो बलमा रन आउटको शिकार हुनु अघि मात्र ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन बनाएका थिए । बलिङमा पोखराका कप्तान शरद भेषवाकरलाई १९ रनमा आउट गरेका सोमपालले आक्रमक ब्याटिङ गर्न सक्ने मेहबुव आलमलाई १ रनमा आउट गर्दै वुटवलको लगातार दोस्रो जित निश्चित जस्तै गरेका थिए ।
भिम सार्की
बुटवललाई सम्मानजनक स्थितिसम्म पुर्याउन युवा खेलाडी भिम सार्कीले अर्धसतकीय उत्कृष्ट इनिङ्स खेले । पाँचौ ओभरको पहिलो बलमै सागर पुन आउट भएपछि मैदान छिरेका सार्कीले रोहनसँग ७३ रनको महत्वपूर्ण साझेदारी गर्दै वुटवलको संकट टारेका थिए । प्रतिस्पर्धात्मक योगफल तयार पार्न निकै महत्वपूर्ण अर्ध शतक पुरा गरेका सार्की अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनु अघि ४६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै महत्वपूर्ण ५४ रन बटुल्न सफल भए । सार्की नविदको बलमा मेहवुव आलमको हातबाट क्याच आउट भएका थिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]