default_image

6 years ago

October 28, 2018

धनगढीलाई पहिलो जीत दिलाउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

79 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) को चौथो खेलमा विराटनगर टाइटन्सलाई एक्सपर्ट धनगढी ब्लुजले ७८ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्यो  ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको धनगढीले २० ओभरमा अल आउट हुँदै  १ सय ८२ रन बनाएको थियो । १ सय ८३ रनको लक्ष्य पक्ष्याएको विराटनगर धनगढीको कसिलो बलिङ सामु १६.४ ओभरमा अल आउट हुदैँ मात्र १ सय ४ रन बनाउन सक्यो । विराटनगरका केहि खेलाडीले राम्रो प्रर्दशन गरेपनि धनगढीका यी ३ खेलाडीले झनै राम्रो प्रर्दशन गरे । जस्को कारण ती प्रर्दशनलाई ओझेलमा पार्दै धनगढीलाई पहिलो जित दिलाउन सफल भए ।

सौरभ खनाल

राष्ट्रिय टोलीमा डेब्यूको लागि निकै संघर्ष गरि रहेका सौरभ खनालले विश्फोटक ब्याटिङ गरे । १८ औँ ओभरको पहिलो बलमै जितेन्द्र मुखियाले पिटर ट्रेगोलाई आउट गरेपछि ब्याटिङ गर्न मैदान प्रवेश गरेका खनालले सुरुवात देखी नै आक्रमक ब्याटिङ गरे । आफुले सामना गरेको पहिलो बल अर्थात १७.२ बल डट खाएका उनले तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे । त्यसै ओभरको पाँचौ बल डट खाएका उनले अन्तिम बलमा १ रन लिदैँ स्ट्राइक आफ्नै साथमा राखे । १९ औँ ओभरको पहिलो बलमै किशोर महतोलाई चौका प्रहार गरेका उनले दोस्रो बलमा छक्का हानेका थिए । अन्य चार बल डव सिंगल रनमा जोड दिएका खनाल यतिकैमा रोकिएनन् ।

अन्तिम ओभरको तेस्रो बलमा स्ट्राइक पाएका खनालले त्यहि बलमा छक्का हान्दै विष्फोटक ब्याटिङ गर्ने संकेत देखाए । खनालको ब्याट यतिकैमा रोकिएनन् । चौथो र पाँचौ बललाई पनि छक्क हान्दै जितेन्द्र मुखियालाई निरास बनाए । तर अन्तिम बलमा भने मुखिया सफल हुदाँ खनाल छक्का हान्न असफल रहे र सुनिल धमलालाई क्याच दिन पुगे । धनगढीलाई ठूलो स्कोरमा पुर्याउन खनालले सम्रगमा १३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४१ रन बनाए ।

पिटर ट्रेगो

धनगढीको इनिङ्समा अर्धसतक प्रहार गरेका पिटरले अलराउण्डर प्रर्दशन गरे । स्पिनरमाथि बढि हाबी देखिएका ट्रेगोले परिस्थीति अनुसार ब्याटिङ गर्न सफल रहे । चौथो ओभरको चौथो बलमा सुनील धमलाले सन्दीप सुनारलाई ९ रनमा पेभिलिएन फर्काएपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका उनले आफुले सामना गरेको पहिलो बलमै छक्का हाने । दोस्रो बलमा चौका प्रहार गर्दै आफु खुलेर खेल्ने संकेत देखाए । तर त्यसपछि टे«गो विराटनगरका बलर सामु अन्य चार ओभर खुलेर खेल्न खेल्न सकेनन् र डवल सिंगल रनमै वढि जोड दिए ।

नवौँ ओभरको तेस्रो बलमा साहव आमललाई चौका प्रहार गरेका उनले अर्को बलमा छक्का हाने,पाँचौ बल डट खान पुगेका उनि छैटौँ बलमा छक्का प्रहार गर्दै अव आफु खुलेर खेल्ने छाँटकाँट देखाएका थिए । तर पुन खुलेर खेल्न सकेनन् । १४ औँ ओभरको पाँचौल बलमा मोहम्मद जैदलाई छक्का हानेका उनलाई १८ औँ ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले सन्दीपको हातबाट क्याच आउट गराउँदै पेभिलिएनको बाटो देखाए । उनले सम्रगमा ३८ बलमा दुई चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए । ब्याटिङमा मात्र होइन बलिङ पनि १ विकेट लिएका उनि खेलमा म्यान अफ द म्याच घोषित भए ।

ड्यानियल लरेन्स

विराटनगरको इनिङ्स धरासय बनाउन लरेन्सले घातक बलिङ गरे । ब्याटिङमा असफल भएका अलराउण्डर लरेन्स बलिङ भने सफल भए । विराटनगरको मिडिल अडर ध्वस्त पार्ने काम गरेका उनले आफ्नो पहिलो स्पेल लिएर छैटौँ ओभरमा बलिङ गर्न आएका थिए । उक्त ओभरको पाँचौ बलमा विकेट किपर राजु रिजाललाई बोल्ड आउट गदैँ ५ रनमा पेभिलिएन फर्काए । अन्य दुई ओभरमा विकेट लिन असफल भएका लरेन्स आफ्नो अन्तिम अर्थात चौथो स्पेल १२ औँ ओभरमा गर्न आएका थिए ।

उक्त ओभरको चौथो बलमा राजेश मुलामी मगरलाई कमलसिंह ऐरीको हातबाट क्याच आउट गराएका उनले पँचौ बलमा १८ रन बनाई खेली रहेका एन्ड्रयू सुबिक्सनलाई आउट गर्दै लगातार दुई विकेट लिदैँ विराटनगरको मिडिल अडर धरासय बनाएका थिए । सम्रगमा उनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.