6 years ago
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार दोस्रो खेलमा बुटबल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । योसँगै बुटवल लगातार दुई जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
पोखराको ब्याटिङ पहिलो विकेटको पतनसँगै समस्यामा परेको थियो । १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रनमात्र जोडेको थियो । दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल ३१ रनको स्थितिमा पेभेलियन लगातार बलमा पेभेलियन फर्केका थिए । कुशलले ९ र आसिफले २० रन जोडे । त्यसपछि लगातार विकेट खस्दा पोखराले लक्ष्यबाट टाढा गएको थियो । रवी इन्द्र सिंह ११, विनोद भण्डारी ६ तथा रोहित पौडेल २ रनमा आउट भए ।
कप्तान शरद भेषावकर १९ रनमा विपक्षी कप्तान सोमपाल कामीको बलमा बोल्ड भए । मेहबुब आलमले १ रन जोड्दा रासिद खान १० रन बनाए । विक्रम भुसालले ८ तथा ललितनारायण राजवंशीले ९ रन जोडे । बुटवलका लागि सोमपाल कामी, रोहन मुस्तफा, ललितसिंह भण्डारी र विपिन खत्रीले २-२ विकेट लिए । सागर पुनले १ विकेट हात पारे ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । बुटवलका लागि रोहन मुस्ताफा र भीम सार्कीले तेस्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए । रोहन अर्धशतक बनाउनबाट ५ रनले चुके । भीम सार्कीले ४६ बलमा ५४ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । रोहनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए ।
त्यसअघि भीम सार्कीलाई ३५ रनमा छँदा विनोद भन्डारीले ड्रप गरेका थिए । चिराग सुरी ५ र सागर पुन २ रनमा पेभेलियन फर्किए । सिद्धान्त लोहनीले १३ रनको योगदान दिए । सोमपाल कामीले ८ बलमा २२ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पोखराका मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले १-१ विकेट लिए ।
बुटवलले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । दुवै टोली दोस्रो जितको खोजीमा छ । घरेलु टोली पोखराले पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो । बुटवलले चितवन राइनोजलाई ७० रनले पराजित गरेको थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]