6 years ago
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार दोस्रो खेलमा बुटबल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई १ सय ५१ रनको विजयी लक्ष्य दिएको छ । बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे ।
पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो । बुटवलका लागि रोहन मुस्ताफा र भीम सार्कीले तेस्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए । रोहन अर्धशतक बनाउनबाट ५ रनले चुके । भीम सार्कीले ४६ बलमा ५४ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । रोहनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए ।
त्यसअघि भीम सार्कीलाई ३५ रनमा छँदा विनोद भन्डारीले ड्रप गरेका थिए । चिराग सुरी ५ र सागर पुन २ रनमा पेभेलियन फर्किए । सिद्धान्त लोहनीले १३ रनको योगदान दिए । सोमपाल कामीले ८ बलमा २२ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पोखराका मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले १-१ विकेट लिए ।
बुटवलले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । दुवै टोली दोस्रो जितको खोजीमा छ । घरेलु टोली पोखराले पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो । बुटवलले चितवन राइनोजलाई ७० रनले पराजित गरेको थियो ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]