6 years ago
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । एक्सपर्टले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ औं ओभरमा १ सय ४ रनमा अलआउट भयो । प्रतियोगितामा धनगढीको यो पहिलो जित हो ।
विशाल लक्ष्य पछ्याएको विराटनगरले दोस्रो ओभरमा ओपनर प्रदीप ऐरीलाई ४ रनमा गुमाएको थियो । सुनील धमला र मोहमद जैदले साझेदारी गर्ने प्रयास गरेपनि सुनील २१ रन जोड्दै दीपेन्द्रसिंह ऐरीको बलमा उनकै हातबाट क्याचआउट भए । त्यसपछि राजु रिजाल ५ र जैद १९ रनमा पेभेलियन फर्किए । किशोर महतो ९, राजेश पुलामी मगर २ र पुष्प थापा २ ले पनि दोहोरो अंक छुन सकेनन् । सन्दीप लामिछाने १० रनमा आउट भए । धनगढीका लागि ड्यानीएल लरेन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । दिपेन्द्रले पनि २ विकेट हात पारे । रोबिन क्षेत्री, डेविड ट्रेगो र कमलसिंह ऐरीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८२ रनको बनाएको थियो । मध्यम शुरुवात गरेको धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका पिटरले ४ छक्का र २ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । धनगढीले ८ रन जोड्दा पहिलो विकेटको रुपमा ड्यानियल लरेन्सलाई २ रनमा गुमाएको थियो । त्यसपछि सन्दीप सुनार ९ रनमा पभेलियन फर्कदा टिमले जम्मा १३ रन जोडेको थियो । दीलिपनाथ ८ रनमा आउट हुँदा टिमले ३८ रन जोडेको थियो ।
त्यसपछि कप्तान ऐरी र पिटरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीप जोरा १२ रनमा आउट भए । रोविन क्षेत्रीले १० रन बनाए । योगेन्द्रसिंह कार्कीले ६ रन बनाए । मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए । सौरभ खनालले अन्तिम बलमा क्याचआउट हुनुअघि १३ बलमा ४१ रन जोडे । उनले १३ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गरे । विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १ विकेट लिए ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]