6 years ago
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एक पछि अर्को अन्तर्राष्ट्रिय चर्चित फ्रन्चाइज टी–२० लिग खेलिरहेका राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् ।
दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधान अनुसार अक्सन अघिनै सिलेटले सन्दीप र वार्नरलाई लिएको हो । सिलेटले वार्नर र सन्दीपलाई अनुबन्ध गरेको जनाएपनि कति रकममा गरेको भन्ने खुलाएको छैन । यस भन्दा अघिका संकरणमा सिलेटको कप्तानी वंगलादेशका ओपनर लिटन दासले गर्दै आई रहेका छन् । विपीएल आगमी जनवरी ५ देखी फेब्रुअरी८ सम्म बंगलादेशमा चल्ने छ ।
दक्षिण अफ्रिकासँग तेस्रो टेस्ट खेल दौरानमा बल टेम्परिङ प्रकरणमा मुख्य योजनाकार रहेको पुष्टि भएपछि वार्नरले एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपिरहेका छन् । वार्नरलाई अष्ट्रेलिया क्रिकेट बोर्डले राष्ट्रिय टोलीबाट १ वर्ष अन्तर्राष्ट्रिय खेल्न प्रतिवन्ध लागाएको छ भने फ्रेन्चाइज लिग खेल्न छुट दिएको छ । बल टेम्परिङ काण्डमा मुछिएका पुर्व कप्तान स्टिभ स्मिथ र वार्नरको प्रतिवन्ध आगमी फागुनमा मात्र फुकुवा हुनेछ ।
आईपीएलमा गत सिजनमा दिल्ली डेयर डेभिल्सबाट खेलेदेखि सन्दीप निरन्तर विश्वका चर्चित लिग खेलिरहेका छन् । सन्दीपले पछिल्लो समय क्यानडा ग्लोबल टि२०, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । त्यस्तै विश्वका चर्चित विग बास, टी –१० लगाएत अन्य लिगहरुमा पनि अनुबन्ध हुने क्रम जारी रहेको छ । सन्दीपलाई अन्तर्राष्ट्रिय लिग खेल्न भ्याइ न भ्याई रहेको छ । सन्दीप पछिल्लो एक वर्षमै फ्रेन्चाइज लिग खेलेर करोडपति बनिसकेका छन् ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]