default_image

6 years ago

October 27, 2018

विराटको शतकसँगै अर्को किर्तिमान

166 views

0 Bookmark

पुने (एजेन्सी) – वेस्ट इन्डिजविरुद्ध तेस्रो एक दिवसीय खेलमा भारत पराजित भएपनि भारतका कप्तान विराट कोहलीले शतक प्रहार गर्दै अर्को किर्तिमान बनाएका छन्। 

Kohli

वेस्ट इन्डिजले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले १ सय ७ रन प्रहार गरेपनि उनको शतकले भारतलाई जित दिलाउन सकेन। यससँगै ५ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो वानडे भारतले सहजै जितेको थियो भने दोस्रो वानडे टाइ भएको थियो । यसै साता ओडिआइमा १० हजार रन पुरा गर्ने क्रममा कोहलीले सचिन तेन्दुलकरको १७ वर्ष लामो किर्तिमान सुधारेका थिए।

आज सर्ट बललाई फाइन लेगतर्फ धकेल्दै १ रन लिएर कोहलीले १ सय १० बलमा शतक पुरा गरे। यो शतकसँगै लगातार तीन खेलमा शतक प्रहार गर्ने कोहली पहिलो भारतीय खेलाडी बनेका छन्। उनले वेस्ट इन्डिजविरुद्ध पहिलो खेलमा १ सय ४० र दोस्रो खेलमा १ सय ५७ रन बनाउँदै नटआउट रहेका थिए।

विश्व क्रिकेटमा भने अन्य ९ ब्याट्सम्यानहरुले लगातार ३ खेलमा शतक बनाएका छन्। श्रीलंकाका विकेट किपर ब्याट्सम्यान कुमार सङ्घाकाराले लगातार ४ शतकको किर्तिमान बनाएका थिए। एकै टोलीविरुद्ध लगातार ४ शतक बनाउने पहिलो खेलाडी भने कोहली नै हुन्। २०१७ मा पछिल्लो प्रतियोगितामा उनले १ सय ११ रन बनाएका थिए।

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.