6 years ago
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो खेलमा हुलास काठमाडौँ रोयल्सले धनगढीएक्स्पर्टलाई १७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । १ सय ८१ रनको विशाल लक्ष्य पक्ष्याएको धनगडीले सुरुवात र अन्त्यमा खराव प्रर्दशन गर्दा निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनाउन सक्यो ।
धनगढी लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५४ तथा सन्दीप जोराले २७ रन बनाउदैँ जितको आसा देखाएपनि त्यो संभव हुन सकेन । बलिङमा निरासजन प्रर्दशन गरेको धनगडीले आसा गरेका ब्याटम्यान चल्न नसक्नु हारको मुख्य कारण बन्न पुग्यो । बलिङमा औसत प्रर्दशन गरेको काठमाडौँले ब्याटिङमा भने उत्कृष्ट प्रर्दशन गरेकोे थियो । काठमाडौँको जीतमा यी ३ खेलाडी नायक सावित हुदाँ अन्य खेलाडी र धनगडीका केहि खेलाडीको राम्रो प्रर्दशन पनि ओझेलमा पर्न पुग्यो ।
गौरभ तोमर
भारतीय मुलका २७ बर्षिय तमोर पोखराको नयाँ पिचमा धनगडीका बलरसामु खुलेर आक्रमक ब्याटिङ गरे । पाँचौ ओभरमा अमित श्रेष्ठ आउट भएपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका तोमर सुरुवात देखीनै आक्रमक शर्ट खेलि रहे । अन्तिम ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरीको बलमा आउट हुनु अघि उनले मात्र ४४ बलमा ९५ रन जोड्दै काठमाडाँैलाई बलियो स्थितीमा पुर्याएका थिए । म्यान अफ द म्याच समेत घोषित भएका उनले आफ्नो पुरा इनिङ्समा १० छक्का र ४ चौका प्रहार गरे । पीपीएलमा पहिलो शतक बनाउने खेलाडी बन्नबाट मात्र ५ रनले चुकेका उनले धनगडीका बलरलाई निरन्तर दवावमा राखि रहे । ब्याटिङमा मात्र होइन उनले २ ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट समेत लिए ।
नरेश बुढाएर
लामो समय देखी राष्ट्रिय टोलीबाट बाहिर रहेका ओपनर नरेश बुढाएरले उत्कृष्ट ब्याटिङ गरे । राष्ट्रिय टिममा पुनरागमनको लागि निकै संघर्ष गरि रहेका बुढाएर १२ औँ ओभरको चौथो बलमा सागर ढकालले जय किशन कोल्छावालाई २५ रनमा आउट गरेपछि कप्तान ज्ञानेन्द्र मल्लले चौथो नंबरमा ब्याटिङ गर्न पठाएका थिए । मल्लले जुन विश्वासका साथ ब्याटिङ गर्न पठाएका थिए बुढाएरले त्यहि अनुसार ब्याटिङ गरे । बुढाएरले २४ बल समान दुई चौका र छक्का प्रहार गरेका उनी ३६ रनमा नट आउट रहे ।
अमरसिंह राउटेला
घरेलु प्रतियोगितामा निरन्तर राम्रो प्रर्दशन गर्दै आएका राउटेलाले धनगडीलाई १ सय ६३ रनमा रोक्न कसिलो बलिङ गरे । किफायती बलिङ गरेका उनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । उनले १३ ओभरको तेस्रो बलमा ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २७ रन बनाई आक्रमक ब्याटिङ गरि रहेका सन्दीप जोरालाई आउट गरेका थिए । अन्तिम ओभरमा बलिङ गर्न आएका राउटेला मञ्जित श्रेष्ठलाई दोस्रो बलमा ४ रनमा पेभिलिएन फकाए साथैँ अन्य ४ बलमा मात्र ३ रन दिदैँ महत्वपूर्ण जित दिलाएका थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]