6 years ago
October 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा परेको २ वर्षभन्दा लामो समय भैसकेको छ । सरकारी हस्तक्षेप र प्रक्रिया पुरा नगरी निर्वाचन गरेको भन्दै आइससीले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
त्यसयता नेपाली क्रिकेटमा थुप्रै प्रयास भएपनि क्यानमाथिको निलम्बन फुकुवा भएको छैन । आइसीसीले एकपछि अर्को शर्त राख्दै जाने कारण पनि नेपाली क्रिकेटको संक्रमण लम्बिरहेको छ । निर्वाचित क्यानले आइसीसीले भने बमोजिम जस्ताको जस्तै विधान पारित गरेको ६ महिना भन्दा लामो समय वित्दा पनि क्यान निर्वाचनको नयाँ प्रक्रियाले गति लिन सकेको छैन ।
प्रक्रिया अघि बढाउन मोनिटरिङ कमिटि गठन गरेको थियो । कमिटिको बैठक एक पटक बैठक बसेपनि ठोस काम अघि बढ्न सकेको छैन ।
निर्वाचित क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गरेको खण्डमा क्यानमाथिको निलम्बन फुकुवा हुने आइसीसीको संकेत गरेको थियो ।
त्यसलाई ध्यानमा राख्दै निर्वाचित क्यानले आइतबार मुद्दा फिर्ता गर्न सैदान्तिक निर्णय गर्दै प्रक्रिया अघि बढाउन पदाधिकारी सम्मिलित ५ सस्यीय समिति गठन गरेको छ । समितिमा निर्वाचित क्यान अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष दिवाकर घले, शैलेस कुमार चौधरी, संजय सिंह र महासचिव अशोकनाथ प्याकुरेल रहेको सचिव किरण शम्सेर राणाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
विवादकाबीच २०७२ को मंसिरमा चतुरबहादुर चन्दको अध्यक्षमा क्यानको निर्वाचत भएको थियो । तर, त्यसलार्ई मान्यता नदिने भन्दै राखेपले पुस २४ गते रमेश सिलवालको अध्यक्षतामा क्यान पूर्नगठन गरेको थियो । २०७२ कै पुस २८ गते चन्द नेतृत्वको क्यानले राखेपसहितलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो । जसका कारण क्यानको दोहोरो अस्तित्व देखिएको थियो । त्यसैलाई आधार मान्दै आइसिसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]