default_image

6 years ago

October 27, 2018

एक्स्पर्ट धनगढीका समर्थकको प्रशंसनीय कदम

65 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिगको दोस्रो खेलमा शनिबार एक्स्पर्ट धनगढी ब्लुजले काठमाडौं रोयल्ससँग १७ रनको पराजय बेहोर्यो । तर टोलीका समर्थकहरुले हारलाई बिर्संदै खेलको अन्त्यपछि प्रशंसनीय काम गरे ।

मैदानमा खेल हेर्न झन्डै ३ हजार भन्दा बढी पोखरेली समर्थक जम्मा भएका थिए । स्थानीय टोली पोखरा पल्टन नखेल्दा पनि मैदानमा दर्शक दिर्घा भरिभराउ थियो । दोस्रो खेलमा काठमाडौंले चितवनलाई पराजित गरेपछि दर्शकहरु घरतिर लागे । तर धनगढीका समर्थकहरु भने दर्शकदिर्घाको प्याराफिटतर्फको फोहोर जम्मा गर्न लागे ।

यसअघि फिफा विश्वकप फुटबलमा पनि जापान र सेनेगलका समर्थकले पनि यसै गरेका थिए । त्यसबेला सारा विश्वभरका समर्थकहरुको प्रशंसा गरेका थिए । धनगढीका समर्थकले पनि अन्य टोलीका समर्थकलाई आफ्नो वरपर रहेको फोहोर सफा गर्न प्रोत्साहन प्रदान गर्न सक्नेछन् ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.