6 years ago
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – गौरव तोमरले आक्रामक ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८१ रनको विजयी लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन जोडे । उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए । उनलाई तेस्रो विकेटका लागि नरेश बुढाएरले राम्रो साथ दिएका थिए । यी दुइले ९६ रनको साझेदारी गरे । नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रनको आक्रामक इनिङस खेले ।
त्यसअघि काठमाडौंका लागि दुवै ओपनरले औसत सुरुवात दिएका थिए । अमित श्रेष्ठले २१ बलमा १२ रन जोडे । जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे । उनले गौरवसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । धनगढीका लागि पिटर ट्रेगो, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले १-१ विकेट लिए ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]