6 years ago
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा ल्याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा ल्याइएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसपछि कप्तान पारस खड्काले पनि ट्रफी उचालेर दर्शकमाझ ट्रफी प्रदर्शन गरेका थिए । सन् २०१९ मा वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक दिवसीय विश्वकप अघिको ट्रफीलाई ‘विश्व टुर’ अन्तर्गत शुक्रबार दिउँसो नेपाल ल्याइएको थियो ।
शुक्रबार साँझ काठमाडौंको स्वयम्भुमा प्रदर्शन गरिएको थियो । ट्रफी चार दिनसम्म नेपालमा रहने कार्यक्रम छ । अब ट्रफी टुर अन्तर्गत आइतबर काठमाडौंको चन्द्रागिरि र वसन्तपुर दरबार स्क्वायरमा राखिनेछ ।
पोखरामा राखिएको विश्वकप ट्रफी प्रदर्शन :
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]