6 years ago
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटबल ब्लास्टर्सले चिवतन राइनोजलाई १ सय ३६ रनको विजयी लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको हो । खराव शुरुवात गरेको बुटवलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान सागर पुनले ४६ रनको योगदान दिए।
सागर र शंकर रानाले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै बुटवलको इनिङ्स उकासेका थिए । शंकर रानाले ४८ रन बनाए । सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे । कप्तान सोमपाल कामीले ६ रन बनाए ।
ओपनर चिराग सुरी १ तथा भीन सार्की २ रनमा पभेलियन फर्किए । रोहन मुस्ताफा शुन्य रनमा आउट आउट भए । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट बाँडे ।
चितवनले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]