6 years ago
October 26, 2018
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी-२० टोलीमा समावेश गरिएका छैनन्।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ।
भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो खेल कोलकातामा नभेम्बेर ४ मा हुनेछ। दोस्रो खेल लखनउ(नभेम्बेर ६) र तेस्रो तथा अन्तिम खेल नभेम्बेर ११ मा चेन्नाईमा हुनेछ। त्यस्तै अष्ट्रेलियासँगको पहिलो खेल नभेम्बर २१ मा, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल नभेम्बर २५ मा हुनेछ।
वेस्ट इण्डिज विरुद्धको टोली: रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, दिनेश कार्तिक, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त(किपर), क्रुनाल पाण्ड्या, वासिंगटन सुन्दर, युज्भेन्दर चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव, शाहबाज नदीम।
अष्ट्रेलिया विरुद्धको टोली: विराट कोहली(कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त(किपर), कुलदिप यादव, युज्भेन्दर चाहाल, वासिंगटन सुन्दर, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]