6 years ago
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आइपुगेको छ ।
अर्काे वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक दिवसीय विश्वकप अघिको ट्रफीलाई ‘विश्व टुर’ अन्तरगत शुक्रबार दिउसै नेपाल ल्याइएपनि साँझ मात्रै ट्रफीलाई स्वयम्भुमा प्रदर्शन गरिएको थियो ।
ट्रफी चार दिनसम्म नेपालमा रहनेछ । शुक्रबार साँझ काठमाडौं आइपुगेको ट्रफी शनिबार बिहान पोखरामा लगिनेछ । ट्रफीलाई शुक्रबारबाटै शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता दौरान नै प्रदर्शनीमा राखिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) की नेपाल प्रतिनिधि भावना घिमिरे जानकारी दिइन् ।
ट्रफीलाई फेरि काठमाडौं ल्याइनेछ र आइतबार विहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]