default_image

6 years ago

October 26, 2018

बझाङमा बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हिमाली जिल्ला बझाङमा धोली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

दस वर्षदेखि आयोजना भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बुङगल नगरपालिकामा हुने प्रतियोगिताको अघिल्लो संकरणमा बझाङबाहेकका ४ वटा टोलीको सहभागिता रहेको स्मरण गर्दै संयोजक उखेडाले यसपटक प्रदेशका अन्य जिल्लाको टोलीको सहभागिता रहने जानकारी दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) का महासचिव ऐन महरले यो प्रतियोगिताले विकट जिल्लामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुन्छ भन्ने सन्देश दिएको बताए । उनले पर्यटन  प्रबर्द्धनका लागि खेलकुद र आपसी सम्बन्ध सुधारका लागि पनि क्रिकेट महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

बुङगल क्रिकेट एसोसिएसन (बिसिए) को आयोजनामा कार्तिक १७ गते सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको छ ।

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

September 22, 2024

अस्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो । जेमी स्मिथले ६१ बलमा ४९, […]

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

Success

Thank you for your time.