default_image

6 years ago

October 25, 2018

पोखरा पल्टनको लक्ष्य उपाधि पोखरामै राख्ने

42 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को घरेलु टोली पोखरा पल्टनले शुक्रबारदेखि सुरु हुने पहिलो संस्करणको उपाधि पोखरामै राख्ने लक्ष्यसहित टोली घोषणा गरेको छ ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा पल्टनले आफ्नो स्थानीय आइकोनिक खेलाडी र विदेशी खेलाडी पनि घोषणा गर्यो । टोलीमा दिपेश खत्री र सुमन घिमिरे सामेल भएका छन् । दुवै खेलाडीले उमेर समूहमा नेपालको युवा टोलीबाट खेलेका छन् । यसैगरि टोलीका अन्तर्राष्ट्रिय खेलाडीमा यूएईका तीव्र गतिका बलर मोहमद नविद र भारतका रवी इन्द्र सिंहलाई टोलीमा आबद्ध गरिएको छ । रवी पोखरा आइसकेका छन् भने नविद अर्को खेलमा मात्र उपलब्ध हुनेछन् ।

पोखरा पल्टनका कप्तान तथा मार्की खेलाडी शरद भेषवाकरले पहिलो खेलमा सुखद शुरुवातको योजना बनाएको बताएका छन् । ‘हामी घरेलु टोली हो । हामीलाई घरेलु दर्शकको साथ रहनेछ । पोखरामा क्रिकेट खेल्न पाउदा साच्चिकै उत्साहित छु । राम्रो शुरुवात हुनेछ,’ कप्तान भेषवाकरले भने, ‘हामी शतप्रतिशत दिएर खेल्नेछौं । हामीले पछिल्लो चार दिन यता यही मैदानमा प्रशिक्षण गर्ने मौका पाएका छौं । ट्रफी घर (पोखरा) मै राख्ने हाम्रो योजना छ ।’ उनले अक्सनमा पनि राम्रा खेलाडी अनुबन्ध गर्न सफल भएको र खेलाडीको प्रदर्शन नै जितको आधार रहेको बताए ।

पोखरा पल्टनका प्रशिक्षक विनोद दासले पीपीएलमा टोलीले उपाधि जित्ने लक्ष्य रहेको सुनाए । ‘हामीसँग पछिल्लो एक वर्षमा राम्रो क्रिकेट खेलिरहेका खेलाडीहरुको साथ छ । टिम अनुभवी र युवा खेलाडीले भरिएको छ । लोकल दुई खेलाडी पनि निकै प्रतिभाशाली छन् । उनीहरुले सुरुवाती ११ मै स्थान लिन सक्ने प्रतिभा छ ,’ प्रशिक्षक दासले भने, ‘दुई विदेशी खेलाडीको पनि आगमन भएको छ । पहिलो खेलमा भारतीय रवि खेल्नेछन् । नाविद केही दिनमा नेपाल आउनेछन् । त्यसपछि टिम झन सशक्त बन्नेछ । खेलाडीको प्रदर्शन नै जित्ने आधार हो ।’

उनले पछिल्लो तीन महिनामा पोखरा क्रिकेट मैदानको फेरिएको स्वरुपलाई पीपीएलकै वहानामा संरक्षण गर्न सकिए यस मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न सकिने बताए । ‘केही वर्षयता नेपाली क्रिकेटलाई हेर्ने आधिकारिक निकाय नभएको अवस्थामा निजी कम्पनीले आयोजना गरेको विभिन्न प्रतियोगिताले नेपाली क्रिकेट धानिरहेको छ । पीपीएल पोखराको क्रिकेट र समग्र नेपाली क्रिकेटको बिकासको एक हिस्सा हुन सक्दछ,’ दासले भने, ‘पीपीएल भर्खर शुरुवात भएको छ । सुरुवातमै पीपीएल पृथक बनिसकेको छ । हामी हाम्रो तर्फबाट पनि सक्दो प्रयास गर्नेछौं ।’

टोलीका निर्देशक सुदिप शर्माले पनि पोखरा पल्टनले पीपीएल मात्र नभएर पोखराको समग्र क्रिकेट विकासमा नै बेग्लै परिचय बनाउने लक्ष्य लिएको बताए । ‘हामी पीपीएलका लागि मात्र आएका हैनौं । पोखराको क्रिकेट विकासमा कसरि अगाडी बढ्न सकिन्छ । यहाँको निकायसँग मिलेर हामी त्यसमा पनि काम गर्न थालिसकेका छौं । पोखरामा नै अर्को क्रिकेटमैदान बनाउन हामीले आन्तरिक छलफल थालेका छौं,’ उनले भने ।

September 22, 2024

पारसले लिजेन्ड्स लिग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेटमा सहभागी नहुने भएका छन्। भारतमा शुक्रवार सुरु लिजेन्ड लिगमा पारसले व्यस्तताका कारणले सहभागिता नजनाउने भएका हुन् । ‘आज काठमाडौं जिल्ला क्रिकेट संघ तथा भोली बागमती प्रदेश क्रिकेट संघको साधारण सभा छ । दुई दिन यसैमा व्यस्त रहन्छु,’ नेपाल […]

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

September 22, 2024

अस्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो । जेमी स्मिथले ६१ बलमा ४९, […]

Success

Thank you for your time.