default_image

6 years ago

October 25, 2018

पोखरा प्रिमियर लिग : सम्पूर्ण जानकारी

41 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशी पुरस्कार रहेको पोखरा प्रिमियर लिग (पीपीएल) प्रतियोेगिता शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । ६ शहरका ६ फ्रेन्चाइज टिम रहेको प्रतियोगितामा १२ दिनसम्म चल्ने छ । लिगको १५, प्लेअफ र फाइनल गरेर प्रतियोगितामा कुल १७ खेल हुनेछ ।

प्रतियोगिताको फाइनल विजेता टोलीले २७ लाख हात पार्दा उपविजेता टोलीले १० लाख रुपैयाँ पाउनेछ । खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट बलर र ब्याटम्यानले सुजुकी जिक्सर १ सय ५५ सिसिको मोटर साइकल पाउने छन् । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले १० हजार नगद रुपैँया सहित आर्कषक अन्य उपहार समेत हात पार्ने छन् ।

हिमालको काख मुनी खेल्न नेपाली खेलाडी मात्र होइन विदेशी खेलाडी पनि त्यतिकै उत्साहित र आतुर देखिन्छन् । क्विन्स इभेन्ट्स प्रा. ली ले आयोजना गर्न लागेको यस प्रतियोगिता नेपाली क्रिकेट विकासमा मुख्य उदेश्य रहेकोे बताउदैँ आएको छ । उद्धघाटन खेलमा शुक्रबार पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्ने छन् । पीपीएलमा विगतका अन्य प्रतियोगिताझैं प्लेअफमा ४ टोली पुग्ने छैनन् । लिग तालिकाको शीर्ष टोलीले फाइनल खेल्ने छ भने दोस्रा र तेस्रा हुने टोलीले फाइनलमा स्थान बनाउन प्लेअफ खेल्नेछन् ।

पीपीएल पछि धनगडी प्रिमियर लिग(डीपिएल), एभरेष्ट प्रिमियर लिग(इपीएल) निजी क्षेत्रबाट नेपाली घरेलु लिग चलिरहेको छ । राष्ट्रिय टिमको ढोका सम्म पुग्ने बलियो आधार यी प्रतियोगिताको प्रर्दशन नै हो । राष्ट्रिय टिमको ढोका मात्र होइन इपीएल र डीपीएल केहि खेलाडीको लागि जीवन गुजार्ने आधार पनि बन्दै गएको छ । युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने आधार यी नै प्रतियोगिता हुन । किन भने नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको छ ।

पीपीएलमा कुन टिम कस्ता खेलाडी छन् ?

चितवन राइनोज

राईनजको मार्की खेलाडी राष्ट्रिय टोलीका कप्तान पारस खड्का हुन् । यस टिममा राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका करण केसी, मोहम्मद आरिफ शेख, अनिल कुमार शाह रहेका छन् । त्यस्तै घरेलु प्रतियोगितामा राम्रो छाप छोड्दै आई रहेका भुवन कार्की,राम नरेश गिरी, सोनु तामाङ, हरिशंकर शाह र राष्ट्रिय टिमबाट सन्यास लिइ सकेका शक्ति गौचन यसै टिममा छन् । सन्नी पटेल र सुमित पटेल विदेशी खेलाडी भित्र्याएको राइनोज अझ बलियो देखिएको छ । युवा र अनुभवी खेलाडीले भरिएको राइनोजलाई उपाधीको दाबेदार टीमको रुपमा हेरिएको छ ।

पोखरा पल्टन

घरेलु लिगहरुमा लक्की कप्तान मानिने राष्ट्रिय टिमका भरपर्दा ब्याटम्यान शरद भेषवाकर पोखराका मार्की खेलाडी हुन् । स्थानीय टिम रहेकोले घरेलु दर्शकको पनि राम्रै साथ पाउने आसा गरिएको छ । विश्फोटक ब्याटम्यानले भरिएको पल्टन उपाधिको वलियो दाबेदार टोलीको हो । रोहित कुमार पौडेल, विनोद भण्डारी,कुशल भुर्तेल जस्ता आक्रमक हिटर पल्टनमा रहेका छन् । त्यस्तै मेहवुव आलम,रसिद खान, र विक्रम भुसाल बलिङसँगै छक्का र चौका प्रहार गर्न माहिर मानिन्छन् । पछिल्लो समय राष्ट्रिय टिमबाट उत्कृष्ट्र प्रर्दशन गर्दै आएका स्पिनर ललित नारायण राजवंशी पनि पल्टनमै रहेका छन् । टोलीले विदेशी खेलाडीका रुपमा भारतका रवी इन्द्र सिंह र यूएईका मोहमद नविदलाई भित्र्याएको छ । सम्रगमा टिमका खेलाडी हेर्ने हो र त्यही अनुसारको प्रर्दशन गर्न सके पोखरा उपाधिको बलियो दावेदार टोली हो ।

विराटनगर टाइटन्स

टाइटन्सले मार्की खेलाडी जिम्मा राष्ट्रिय तथा अन्तराष्ट्रिय टी–२० क्रिकेट लिगहरुमा तहल्का पिटी रहेका लेग स्पिनर सन्दीप लामिछानेलाई दिएको छ । सुनिल धमला,जितेन्द्र मुखिया,प्रदीप ऐरी, शाहव आलम,राजु रिजाल र राजेश पुलामी मगर टाइटन्सका मुख्य खेलाडी हुन् । त्यस्तै दीपेश श्रेष्ठ, किशोर महतो,पुष्प थापा,जितेन्द्र सिंह ठकुरीबाट पनि टोलीले राम्रो प्रर्दशनको आशा गरिएको छ । युवा खेलाडीको बाहुल्यता रहेको टाइटन्सलाई उपाधिको दाबेदार टीमको रुपमा हेर्न सकिन्छ ।

बुटवल ब्लास्टर्स

राष्ट्रिय टोलीका तीव्र गतिका बलर तथा अलराउण्डर सोमपाल कामी बुटवलका मार्की खेलाडी हुन् । हेलिकप्टर सट प्रहार गर्न सिपालु सिद्धान्त लोहनी यसै टिममा रहेका छन् । बुटवलमा सागर पुन,मोहम्मद सांसद शेख,हसिम अन्सारी,भिम सार्की,ललित भण्डारी र अविनाश बोहोरा टोलीका मुख्य हरियार हुन् । युएईका कप्तान रोहन मुस्तफा र युवा ब्याटम्यान चिराग सुरी आवद्ध गरेको बुटवल उपाधि जित्ने सोचमा रहेको छ । त्यस्तै हरि चौहान,शंकर राना,पुरन विश्वकर्मा,प्रकाश केसी, नितेश थापा र विपिन खत्रीबाट पनि टोलीले आवश्यकता अनुसारको प्रर्दशन गर्ने अपेक्षा राखेको छ । सम्रगमा हेर्दा बुटबलको टिम सन्तुलन देखिएको छ र उपाधिको दाबेदार मान्न सकिन्छ ।

एक्सपर्ट धनगढी ब्लुज

राष्ट्रिय टोलीका भरपर्दा अलउण्डरका दिपेन्द्र सिंह ऐरी धनगढीका मार्की खेलाडी हुन् । घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका मञ्जित श्रेष्ठ,योगेन्द्र सिंह कार्की,कमल सिंह ऐरी,दिलिप नाथ र राष्ट्रिय टिममा डेब्युको पर्खाइमा रहेका सौरभ खनाल धनगढीका बलिया र मुख्य हतियार हुन् । इङ्ल्यान्डका ब्याटम्यान इयान लरेन्ससँगै डेविड ट्रेगोलाई आबद्ध गरेको ब्लुजलाई यी  खेलाडीको उत्कृष्ट प्रर्दशनको अपेक्षा गर्दै फाइनलको ढोका सम्म पुग्न चाहान्छ । सन्दीप सुनार,रोविन क्षेत्रि, सन्तोष भट्ट, सागर ढकाल, सन्दीप जोरा, विक्रम ठगुन्ना र सन्दीप रजाली जस्ता युवा खेलाडी रहेको धनगडीको पहिलो लक्ष्य फाइन सम्म पुग्ने देखिन्छ ।

हुुलास काठमाडौँ रोयल्स

रोयल्सको मार्की खेलाडी राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल हुन् । राष्ट्रिय टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी रहेको रोयल्समा पवन सराफ, नरेश बुढाएर, अमित श्रेष्ठ, सुसन भारी जस्ता घरेली क्रिकेटमा चलेका नाम छन् । यीमध्ये केहि राष्ट्रिय टोलीको डेब्यू र पुनरागमनको पर्खाईमा रहेका छन् । घरेलु लिगनै डेब्यू र पुनरागमनको राम्रो आधार हुनाले यी युवा क्रिकेटर पीपीएलमा आफुलाई प्रमाणित गर्न हरप्रयास गर्ने छन् । रोयल्सबाट अमरसिंह राउटेला,आदिल खान,नन्दन यादव र सुमित झा माथि पनि राम्रो प्रर्दशनको आसा गर्न सकिन्छ ।

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

September 22, 2024

अस्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो । जेमी स्मिथले ६१ बलमा ४९, […]

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

Success

Thank you for your time.