6 years ago
October 24, 2018
बिसाकापट्नम (एजेन्सी) – भारत र वेस्ट इन्डिजको दोस्रो एकदिवसीय क्रिकेट टाई भएको छ। जितका लागि ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पनि ३ सय २१ रन नै जोड्यो ।
टस जितेर ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले नटआउट १ सय ५७ रन प्रहार गर्दै सचिनको १७ वर्ष पुरानो किर्तिमान तोडेका थिए । कोहलीलाई साथ दिँदै अम्बाटि रायडुले ७३ रन जोडेपछि भारतले ६ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको थियो ।
जवाफमा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ सय २१ रन नै बनायो । वेस्ट इन्डिजले ३६ रनमा ओपनर किरन पावेल र ६४ रनमा चन्द्रपौल हेमराजलाई गुमाएको थियो । त्यसपछि ७८ रनमा मार्लन स्यामुएल्सलाई गुमाएको इन्डिजका लागि होप र सिम्रोन हेटमियरविचको १ सय ४३ रन को साझेदारीले इन्डिजलाई खेलमा फर्काएको थियो । आक्रामक रुपमा प्रस्तुत भएका हेटमियरले ७ छक्का प्रहार गर्दै ६४ बलमा ९४ रन जोडे । होप भने १ सय २३ रनमा अविजित रहे ।
अन्तिम बलमा जितका लागि ५ रन चाहिएको स्थितिमा होपले उमेश यादवको बलमा चौका प्रहार गरेका थिए । खेलको म्यान अफ द म्याच कोहली भए । यस नतिजासँगै ५ खेलको वान डे सिरिज १-० कै स्थितिमा छ । भारतले पहिलो वानडे ८ विकेटले जितेको थियो ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]