default_image

6 years ago

October 24, 2018

पीपीएल विजेताले २७ लाख पाउने, टाइटल स्पोन्सरमा नमस्ते बियर

66 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिगको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रा.लि.ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको पुरस्कारबारे जानकारी दिएको हो ।

शुक्रबारदेखि सुरु हुने पीपीएलको टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियर र पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम रहेको छ । विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको हरेक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ तथा हरेक खेलको विजेता टोलीले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ । पीपीएलका हरेक खेलमा पनि विधागत व्य्कतिगत पुरस्कार राखिएको छ । खेलको उत्कृष्ट क्याच लिनेले ‘क्लियर टिभी क्लियर क्याच’ स्वरुप सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडीले ‘सुबीसु फास्टेस्ट ५०’ शीर्षकमा १ वर्षका लागि हाइ स्पिड इन्टरनेट सुविधा पाउनेछन् ।

प्रतियोगिताको एसोसियट पार्टनरमा सुजुकी जिक्सर, सुबीसु, रिलायन्स ग्रुप, ईसेवा, अग्नि इन्कर्पोरेट, मंगलम पाइप रहेका छन् । यसबाहेक पीपीएलले  हस्पिटालिटि पार्टनरमा ओयो, बैंकिङ पार्टनरमा नबिल बैंक, मेडिकल पार्टनरमा ग्रान्डी हस्पिटल, इन्स्योरेन्स पार्टनरमा एनएलजी र नेसनल लाइफ इन्स्योरेन्स, क्लोथिङ पार्टनरमा टि१० स्पोर्ट्स, फुड पार्टनर बरुण हस्पिटालीटि, क्रिएटिभ पार्टनर पर्फेक्ट क्रिएसनको साथ् पाएको छ ।

खेल सामाग्री संस्था  एक्सटेपको पनि प्रतियोगितामा साथ रहनेछ । प्रतियोगिताको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिकाको पनि हातेमालो रहेको छ । पीपीएलको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालयन एचडी टेलिभिजनले गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्दै छन् । पोखरा पल्टन पछिल्लो केहि दिनदेखि पोखरामा छ भने विराटनगर आज पोखरा आउंदैछ । पोखराको मार्की खेलाडीमा शरद भेषावकर तथा विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.