6 years ago
October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी एक दिवसिय विश्व कप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ । आइसीसीबाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेका अनुसार विश्व कप ट्रफी चार दिन नेपालमा राखिनेछ ।
४ दिन सम्म नेपालमा रहेन ट्रफी काठमाडांको, बसन्तपुर,चन्द्रागिरी हुँदै पोखरा लगिने घिमिरेले जानकारी दिइन् । आईसीसीले नेपाली क्रिकेटको लोकप्रियतालाई मध्य नजर गर्दै ट्रफि पहिलो पटक नेपाल ल्याउन लागेको हो । उक्त ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।
ट्रफी भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रूवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ल्यान्ड पुग्नेछ । सन् २०१९ मा एक दिवसिय क्रिकेट इङ्ल्यान्डमा आयोजना हुँदैछ ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]