default_image

6 years ago

October 24, 2018

कोहलीले तोडे सचिनको १७ वर्ष पुरानो रेकर्ड !

70 views

0 Bookmark

एजेन्सी – रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् ।

दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ रन लिदैँ यो सफलता हात पारेका हुन् । कोहली १० हजार रन पुरा गर्ने भारतीय पाँचौ ब्याटम्यान बनेका बनेका छन् । १० हजार रन पुरा गर्ने विश्वका १३ औँ ब्याटम्यान बनेका कोहली सर्वाधिक छिटो पुरा गर्ने पहिलो ब्याटम्यान बने । छोटो समयमा यस उपलब्धि हासिल गर्ने कीर्तिमान यस अघि १७ वर्ष देखी सचिनकै नाम थियो ।

तर आज (बुधबार) विशाखापटनममा वेस्ट इण्डिजविरुद्ध ८१ रन प्रहार गर्दै कोहलीले सचिनको उक्त रेकर्ड तोड्दै आफ्नो नाममा नयाँ कीर्तिमान बनाउन सफल भए । कोहलीले २ सय १३ खेल तथा २ सय ५ औं इनिङ्ग्समा यो सफलता हात पारेका हुन् । यस अघि अष्ट्रेलियाविरुद्ध मार्च २००१ मा करियरको २ सय ५९ औं इनिङ्ग्समा सचिनले १० हजार रन पुरा गर्दै एकदिवसिय क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका थिए ।

भारतका अन्य सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पुरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा यो उचाईमा पुगेका हुन् ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.