6 years ago
October 24, 2018
एजेन्सी – श्रीलंकासँगको पाँचौ तथा अन्तिम वान डे खेलमा इङ्ल्यान्डले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राती कोलम्बोमा भएको खेलमा श्रीलंकासँग इङ्ल्यान्ड डिएल थर्ड मेथर्डको आधारमा २ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । वान डे क्रिकेटमा इङ्ल्यान्डको यो सबै भन्दा फराकिलो रन अन्तरको हार समेत हो ।
३ सय ६७ रनको लक्ष्य पक्ष्याएको इङ्ल्यान्डले बर्षाले खेल प्रभावित हुनु अघि २६.१ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सकेको थियो । उस्का लागि बेन स्ट्रोक्सले ६० बलमा १२ चौका प्रहार गर्दै ६७, मोइन अली ३७ र जो रुटले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
इङ्ल्यान्डलाई दयनिय अवस्थामा पुर्याउन श्रीलंकाका अलिका धनन्जयले कसिलो बलिङ गरे । उनले मात्र ६.१ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दुश्मन्था चमेरा ३ र धनन्जय डी शिल्भाले १ विकेट हात पारे । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रनको विसाल योगफल खडा गरेको थियो । विशाल योगफल तयार पार्न श्रींलकाका निरोशन डिकवेला, सदीरा समरविक्रमा,दिनेश चान्डीमल र कुशल मेन्डिशले उत्कृष्ट अर्ध शतक प्रहार गरे । डिकवेलाले ९७ बलमा १२ चौका प्रहार गर्दै ९५, कप्तान चान्डिमलले ७३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ८० रन प्रहार गरे ।
त्यस्तै आक्रमक ब्याटिङ गरेको मेन्डिशले मात्र ३३ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै ५६ रन बनाए । श्रीलंकाका अन्य ब्याटम्यान सदीरा ५४,धनन्जय डी शिल्भाले १९, अलिका धनन्जय र दासुन शनाकाले समान १८ रन जोडे । इङ्ल्यान्डका लागि मोइन अली र टम कुरनले समान दुई विकेट लिए । श्रीलंका यो खेलमा जित निकालेसंगै श्रृखंलामा क्लिन स्विप हुन बाट बचेको छ । यस अघि पहिलो वान डे खेल बर्षाको कारण हुन नसक्दा दोस्रो खेलमा डिएल थर्ड मेथर्डको आधारमा ३१ रन, तेस्रो ७ र चौथो खेलमा इङ्ल्यान्ड ८ विकेटले विजय भएको थियो ।
सम्रगमा पाँच वान डे श्रृंखला इङ्ल्यान्डले ३– १ ले जितेको छ । यी दुई टोली अव एक टी–२० खेल हुने छ । जुन आगमी अक्टोबर २७ मा हुने छ ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]