6 years ago
October 24, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को सहभागी टोली पोखरा पल्टनले विनोद दासलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
नेपाल यू१९ राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका विनोदले यसअघि धनगढी प्रिमियर लिगमा महेन्द्रनगर युनाइटेडको प्रशिक्षण सम्हालेका थिए । नेपाल पुलिस क्लबमा अाबद्ध रहेका विनोदले नेपाल क्रिकेट स्कुलमा पनि प्रशिक्षण दिँदै अाएका छन् । उनी एभरेष्ट प्रिमियर लिगमा भने प्रतियोगिता निर्देशकको भूमिकामा थिए ।
विनोदले बुधबारदेखि नै टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । उनको टोलीले शुक्रबार हुने उद्घाटन खेलमा विराटनगर टाइटन्सको सामना गर्नेछ । पोखरा पल्टनको मार्की खेलाडीमा शरद भेषावकर रहेका छन् । टोलीका राष्ट्रिय टोलीबाट खेलिसकेका मेहबुब अालम, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी लगायतका खेलाडीहरु छन् ।
६ टोलीको सहभागिता रहेको पोखरन प्रिमियर लिग शुक्रबार सुरु हुँदैछ । कार्तिक २० सम्म चल्ने प्रतियोगिताको सम्पूर्ण खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]