default_image

6 years ago

October 23, 2018

पीपीएलका लागि धनगढी ब्लुजको टोली घोषणा

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पोखरामा शुक्रबार सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टिम एक्स्पर्ट धनगढी ब्लुजले मंगलबार  १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टिम एक्स्पर्ट धनगढी ब्लुजले काठमाडौंमा  पत्रकार सम्मेलन गरी आफ्नो टिममा अनुबन्धित भएका सबै १८ खेलाडी सार्वजनिक गर्दै टोली घोषणा गरेको हो । धनगढीले मंगलबार मार्की प्लेयरसहित अक्सनबाट १४, आइकोनिक खेलाडी र विदेशी खेलाडी समान २ गरी कुल १८ जना खेलाडी सार्वजनिक गरेको हो ।
एक्सपर्ट धनगढी ब्लुजका निर्देशक सुवास प्रधानले सबै खेलाडी युवा रहेपनि टिम बलियो बनेको बताए । ‘अक्सनमा पनि हामीले युवा खेलाडीलाई अनुबन्ध गरेका थियौ । मिडिल अर्डरमा कहेी कमजोर देखिएपनि हामली दुई इंग्लिस खेलाडी अनुबन्ध गरेका छौं,’ निर्देशक प्रधानले भने, ‘युवा खेलाडीले भरिएको टिम साँच्चै बलियो बनेको छ । टोली उपाधि जित्न सक्षम र तयार छ ।’
धनगढीले सार्वजनिक गरेको खेलाडीमा मार्की प्लेयरमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, मन्जित श्रेष्ठ, दिलिप नाथ, सौरभ खनाल, विक्रम थगुन्ना, फिर्दोश अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, रोविन क्षेत्री, सन्दीप सुनार, सन्दीप जोरा, सन्दीप रजाली, सन्तोष भट्ट र योगेन्द्रसिंह कार्की रहेका छन् ।
त्यस्तै, आइकोनिक खेलाडीमा सुबेन्दु पाण्डे र अरुणसिंह ऐरी रहेका छन् ।

ड्यानिएल विलियम लब्रेन्स
ड्यानिएल विलियम लब्रेन्स इंग्ल्यान्डका घरेलु प्रतियोगिता खेल्दै आएका खेलाडी हुन् । २१ वर्षीय ड्यालिएल अलराउन्डर हुन् । उनले इंग्ल्यान्डको उमेर समूहबाट क्रिकेट खेल्दै आफ्नो प्रतिभा देखाइसकेका छन् ।
पिटर डेभिड ट्रेगो
पिटर डेभिड ट्रेगोले इंग्ल्यान्डका विभिन्न क्लबबाट पनि खेलिसकेका छन् । ३७ वर्षीय अलराउन्डर पिटर एक अनुभवी खेलाडी हुन् । उनको आगमनले धनगढी ब्लुजको टिम निकै राम्रो हुने मानिएको छ ।

पिपिएल कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुजसँगै विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर र काठमाडौं रोयल्स गरी ६ टिम रहेका छन् ।

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

Success

Thank you for your time.