default_image

6 years ago

October 23, 2018

पारसको कप्तानीमा रहेको राइनोजमा सन्नी पटेल आबद्ध

83 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले अलराउण्डर सन्नी पटेललाई टोलीमा समेटेको छ ।

यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा सन्नीले दुई प्रतियोगिता खेलेका थिए । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रीयट्स र धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सबाट उनले ज्ञानेन्द्रसँग खेलेका थिए । दुवै प्रतियोगितामा सन्नीको प्रदर्शन राम्रो रहेको थियो ।

सन्नीले मंगलबार पोखरा आइपुगेको चितवनको टोलीसँग प्रशिक्षण पनि गरेका छन् । चितवनलाई सोमबार भरतपुर महानगरपालिकाका पदाधिकारी सम्मिलित कार्यक्रममा बिदाइ गरिएको थियो । चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा समित पटेललाई भित्र्याएको छ । उनी छिट्टै टोलीमा सामेल हुनेछन् ।

यसअघि चितवनको टोलीमा पारसले यसअघी आफ्नो टोलीमा समेट्दै आएका बाबर हायात र अन्शुमन रथ आउने भनेपनि अन्तर्राष्ट्रिय खेल परेका कारण दुवै खेलाडी उपलब्ध भएनन् । चितवनको टोलीमा पारस खड्का, आरिफ शेख, करण केसी, अनिल साह लगायत खेलाडीहरुको उपस्थिति रहेको छ ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.