6 years ago
October 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) को यू–१७ टोलीदृ आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । मंगलबार भएको खेलमा डिसिए स्टार सीसी क्लबसँग ९ विकेटले पराजित भएको हो ।
स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डिसिएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो । डिसिएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए ।
कप्तान सुवोध ऐरले १६, सक्षम पार्कीले १५, सन्दिप आउजीले ८ रनको योगदान दिए । किरन नाथले ३ र निशान पन्तले १ रन जोडे । डीसीएका चार जना खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए ।
स्टार सीसीका लेग स्पिनर लक्षले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, सुभम र अंकितले समान २ विकेट हात पारे । धनगढीबाट मुम्बईसम्मको लामो यात्राको थकानका कारण डीसीएका खेलाडीहरु खुलेर खेल्न सकेनन् ।
१ सय ६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सीसीले १०.३ ओभरमा १ विकेट गुमाएर सजिलै लक्ष्य पूरा ग¥यो । उसको जितमा तस्यमले अर्धशतक पूरा गर्दै अविजित ५८ रन बनाए ।
अर्का ओपनर रोहित काम्लीले ३० र तेस्रो नम्बरमा ब्याटिङ गरेका मयुरेशले नटआउट ८ रनको योगदान दिए । सोनु मण्डलले एक विकेटको सफलता दिलाए ।
१० दिनसम्मको लागि मुम्बई टुरमा आएको डिसिए टोलीले यहाँको विभिन्न क्लबसंग अझै ६ वटा एकदिवसीय खेल खेल्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]