default_image

6 years ago

October 22, 2018

सन्दीप अष्ट्रेलियन बिग ब्यासमा आबद्ध

102 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेट अन्तर्गत मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्।

यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन्। भारतको आइपिएलमा दिल्लीबाट खेल्दै किर्तिमान बनाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्।

इन्डियन प्रिमियर लिग(आइपीएलमा) दिल्लीबाट व्यवसायिक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२० क्यानडा,क्यारेवियन प्रिमियर लिग जस्ता विश्वचर्चित लिगमा खेली सकेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी-१० मा पनि अनुबन्ध भई सकेका छन् । सन्दीपले यसअघि अस्ट्रेलियन भूमीमा अनुभव बटुलीसकेका छन्। अस्ट्रेलियाको ग्रेड क्रिकेटमा खेल्दै सन् २०१६ मा उनले माइकल क्लार्कको निरीक्षणमा प्रशिक्षण लिएका थिए।

अफघानिस्तानका मुजीब उर रहमानले पनि बिग ब्यासमा मौका पाएका थिए । उनलाई गत साता मात्र ब्रिसबेन हर्ट्सले आबद्ध गरेको थियो।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.