6 years ago
October 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय उमेश पटवाललाई प्रतियोगिता निर्देशक नियुक्त भएका छन् ।
पिपिएलको आयोजक क्विन्स इभेन्ट्स मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्याटिङ कन्सल्ट्यान्टका रुपमा आबद्ध थिए । पटवाल अफगानिस्तान क्रिकेट टोलीको समेत पूर्व ब्याटिङ कन्सल्टल्यान्ट रहिसकेका छन् । पोखरा रंगशालमा शुक्रबार सुरु हुने पिपिएलमा ६ टोलीको सहभागिता रहनेछ ।
पोखरालाई क्रिकेटका लागि न्यूट्रल भेन्यूका रुपमा विकसित गर्ने र पोखराको पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले पिपिएल आयोजना गरिएको बताएको आयोजकले प्रतियोगिताको विजेताले घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशी प्राप्त गर्ने बताएको छ । पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन यसअघि सम्पन्न भइसकेको छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]