6 years ago
October 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि एक्स्पर्ट धनगढी ब्लुजले आफ्नो दुई विदेशी खेलाडी तय गरेको छ । प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।
धनगढीले इंग्लिस ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी तीव्र गतिका बलर उमेद आसिफलाई टोलीमा समेटेको छ । २१ वर्षीय लरेन्स हाल एस्सेक्सको सिनियर टोलीबाट खेलिरहेका छन् । उनले एसेक्सको उमेर समूहको टोलीको पनि प्रतिन्धित्व गरिसकेका छन् । अगस्तमा उनले काउन्टी च्याम्पियनसिप क्रिकेटमा हाम्पसायरविरुद्ध शतक पनि प्रहार गरेका थिए ।
टि-२० मा उनले यसै सिजनको इंग्लिस भाइटालिटि ब्लास्टमा स्टिभ फिन, दाविद मालानजस्ता अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित टोलीविरुद्ध ४६ बलमा ८६ रनको उत्कृष्ट इनिङस खेलेका थिए । काउन्टी सिजन अहिले विश्राममा रहेका कारण उनले नेपालमा आएर खेल्न लागेका हुन् ।
अर्का खेलाडी पाकिस्तानका उमेद आसिफले पाकिस्तानको घरेलु क्रिकेटमा ५५ पहिलो श्रेणीका खेल खेलिसकेका छन् । उनले पाकिस्तान सुपर लिगमा पेशावर जाल्मीका लागि खेलेका छन् । उनी पछिल्लो समय पाकिस्तान ‘ए’ टोलीको सदस्य पनि रहेका थिए । असिफले दुई साताअघि न्युजिल्याण्ड ए विरुद्ध ५ विकेट लिँदै टोलीलाई ६५ रनमा समेट्न मदत गरेका थिए ।
पीपीएलमा धनगढीका खेलहरु:
कार्तिक १० – १:१५ बजे – कोठमाडौं रोयल्स विरुद्ध धनगढी ब्लुज
कार्तिक ११ – ९:०० बजे – विराटनगर टाइटन्स विरुद्ध धनगढी ब्लुज
कार्तिक १४ – ९:०० बजे – चितवन राईनोज विरुद्ध धनगढी ब्लुज
कार्तिक १५ – १:१५ बजे – धनगढी ब्लुज विरुद्ध बुटवल ब्लास्टर्स
कार्तिक १६ – ९:०० बजे – पोखरा पल्टन विरुद्ध धनगढी ब्लुज
कार्तिक १८ – ९:०० बजे – क्वालीफायर / एलिमिनेटर (दोस्रो विरुद्ध तेस्रो)
कार्तिक २० – फाइनल (पहिलो विरुद्ध क्वालिफायर विजेता)
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]