6 years ago
October 21, 2018
एजेन्सी – कप्तान विराट कोहली र ओपनर रोहित शर्माले शतक बनाएपछि भारतले वेस्ट इन्डिजविरुद्ध पहिलो वान डेमा ८ विकेटको जित हासिल गरेको छ ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय २३ रनको विशाल लक्ष्य भारतले २ विकेट गुमाउँदै ४३ औं ओभरमा पूरा गर्यो । ओपनर शिखर धवन दोस्रो ओभरमा ४ रन जोड्दै पेभेलियन फर्केपनि विराट र रोहितले दोस्रो विकेटका लागि २ सय ४६ रनको विशाल साझेदारी गरेका थिए । कोहलीले १ सय ७ बलमा २१ चौका र २ छक्कासहित १ सय ४० रन जोडे । उनी देवेन्द्र विशुको बलमा ३३ औं ओभरमा स्टम्पिङ आउट भएका थिए ।
ओपनर रोहितले १ सय १७ बलमा अविजित १ सय ५२ रनको महत्त्वपूर्ण इनिङ खेले । उनले १५ चौका र ८ छक्का प्रहार गरे । उनलाई अन्त्यतिर अम्बाटि रायुडूले अविजित २२ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि विशु र ओसेन थोमसले १-१ विकेट लिएका थिए ।
त्यसअघि वेस्ट इन्डिजका लागि शिम्रन हेटमेरले शतक बनाएपछि भारतले ठूलो लक्ष्य पाएको थियो । वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २२ रन जोडेको थियो । हेटमेरले ७८ बलमा ६ चौका र ६ छक्काको मदतले १ सय ६ रन जोडेका थिए । ओपनर कैरन पावेलले ५१ रन जोड्दा अन्य शीर्ष ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । तल्लोक्रममा जेसन होल्डरले ३८, विशुले २२ तत्गा केमार रोचले २६ रन जोडे ।
भारतका लागि युज्वेन्द्र चहलले ३ विकेट लिए । मोहमद शामी र रविन्द्र जडेजाले २-२ तथा खलिल अहमदले १ विकेट हात पारे । पाँच खेलको वान डे सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । दोस्रो वान डे बुधबार विशाखापट्टनाममा हुनेछ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]