6 years ago
October 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्सबल्ख लेजेन्ड्ससँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
सन्दीप लगातार खेलमा विश्राममा रहेका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको लेजेन्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रनको विशाल योगफल खडा गरेको थियो । ओपनर क्रिस गेलले ३० बलमा ५४ तथा डार्विस रसुलीले ४५ बलमा ७८ रन प्रहार गर्दै लेजेन्ड्सलाई उत्कृष्ट सुरुवात दिलाए । अन्तिम ओभरको चौथो बलमा आउट भएका रसुलीले ७ चौका र ४ चक्का प्रहार गरे ।
त्यसअघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका मोहमद नाबीले १६ बलमा ४७ रनको आक्रामक ब्याटिङ गरे । उनले २ चौका र ५ चक्का प्रहार गरेका थिए । सन्दीपको अनुपस्थितिमा लेपर्ड्सको बलिङले धेरै संघर्ष गर्नुपर्यो । अफगानी स्पिनर मुजिब उर रहमानले ३ ओभरमा ५१ रन खर्चेका थिए । कप्तान बेन कटिङले २ विकेट तथा नवीन उल हक, फज़ल निआजाई र जाहिर खानले १-१ विकेट लिए ।
जवाफमा लेपर्ड्सको टोली १४ औं ओभरमा जम्मा ६४ रन जोड्दै अलआउट भयो । तेस्रो ओभरमा दुई विकेट गुमाएपछि सुरु भएको लेपर्ड्सको पतन त्यसपछि लगातार जस्तै ओभरमा आएको थियो । ओपनर आन्द्रे फ्लेचर र मध्यक्रमका फजल निआजाईले १३-१३ रन जोडेका थिए । मोहमद नाबीले बलिङतर्फ पनि ४ विकेट लिए । उनले ३.१ ओभरमा १२ रन खर्चे ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाक्तिया प्यान्थर्स र काबुल ज्वानन खेल्दैछन् । यो खेलको विजेताले बल्खसँग उपाधिको लागि भिड्नेछ ।
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]