6 years ago
October 19, 2018
एजेन्सी – मोहमद अब्बासले दोस्रो इनिङ्समा पनि पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा ३ सय ७३ रनको फराकिलो जित दर्ता गर्दै सिरिज १-० ले जितेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको ५ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । पहिलो इनिङमा खराब ब्याटिङ गरेको अस्ट्रेलियाले दोस्रो इनिङमा पनि सोहि प्रदर्शन दोहोर्याउँदा पाकिस्तानले सिरिजमा कब्जा जमाएको हो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले सर्वाधिक ४३ रन जोडेका थिए । ट्राभिस हेडले ३६ तथा आरोन फिन्चले ३१ रन जोडे । अन्य शीर्ष ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया कमजोर योगफलमा सिमित रहयो ।
पाकिस्तानका मोहमद अब्बासले लगातार दोस्रो इनिङमा ५ विकेट लिँदै पाकिस्तानलाई सहज जित दिलाए । उनलाई यासिर साहले ३ तथा मिर हम्जाले १ विकेट लिएर साथ दिए । त्यसअघि पाकिस्तानले पहिलो इनिङमा २ सय ८२ तथा दोस्रोमा ४००-९ को स्थितिमा पारी समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ४५ रन मात्र जोड्न सकेको थियो ।
खेलमा कुल १० विकेट लिएका मोहमद अब्बास म्यान अफ द म्याच भए । दुवै टेस्टमा सशक्त प्रदर्शन गरेका कारण उनलाई म्यान अफ द सिरिज पनि चुनियो । अस्ट्रेलियाका उस्मान खवाजाले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]