6 years ago
October 17, 2018
एजेन्सी – आधुनिक युगमा क्रिकेट एक खेलमा मात्र सिमित छैन । क्रिकेटरहरु मैदानमा गरेको प्रदर्शनको आधारमा मैदानबाहिर पनि उत्तिकै व्यस्त रहने गर्छन् ।
मैदानको प्रदर्शनले नै उनीहरुको मैदानबाहिरको कमाईमा असर पर्छ । व्यापारिक प्रायोजनमा क्रिकेट खेलाडीको प्रयोग अहिले बढ्दो छ । कतिपय खेलाडी त क्रिकेट खेलेर भन्दा क्रिकेटबाहिर गरेको कार्यले बढी कमाउने गर्छन् । पछिल्लो समय ट्वान्टी-२० लिगको सहभागिताले पनि क्रिकेटरहरु कमाउन थालेका छन् ।
विश्व क्रिकेटमा सबैभन्दा बढी कमाउने ५ क्रिकेट खेलाडी :
५. सेन वाटसन (३ करोड ५० लाख अमेरिकी डलर)
सेन वाटसनको १४ वर्षे क्रिकेट करिअर चोटले भरिपूर्ण रहयो । सन् २०१६ यता उनले टोलीमा स्थान नै बनाउन सकेनन् । तर उनले त्यसका बाबजुद चेन्नाई सुपर किंग्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । अस्ट्रेलियाका लागि १ सय ९० वान डे खेल्दै उनले ९ शतक र ३३ अर्धशतकका साथ ५ हजार ७ सय ५७ रन जोडेका छन् । उनले १ सय ६८ विकेट पनि हात पारेका छन् । सिमित ओभर क्रिकेटका वाटसन उत्कृष्ट अलराउन्डरमा पर्छन् ।
४. विरेन्द्र सहवाग (३ करोड ५० लाख अमेरिकी डलर)
विरेन्द्र सहवाग विश्वकै सबैभन्दा विस्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । उनी भारतका लागि दुई पटक तेहेरो शतक बनाउने एकमात्र ब्याट्सम्यान हुन् । सहवागले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजारभन्दा बढी रन जोडेका छन् । सन् १९९९ मा पाकिस्तानविरुद्ध डेब्यु गरेयता उनले १६ वर्ष क्रिकेटमा बिताए । सन् २०११ विश्वकप र सन् २००७ मा टि-२० विश्वकप जित्दा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
३. युवराज सिंह (४ करोड अमेरिकी डलर)
युवराज सिंह अर्थात ‘सिक्सर किङ’ । सन् २००० मा केन्याविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले सन् २००७ को टि-२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । सन् २०११ विश्वकपमा भारतलाई उपाधि दिलाउँदा उनी प्रतियोगिताकै म्यान अफ द सिरिज घोषित भएका थिए । क्यान्सरका कारण केहि समय खेलबाट बाहिर रहेका युवराज अझैपनि क्रिकेटमा छन् । पछिल्लो एक वर्ष टोलीबाहिर रहेका युवराज अहिले घरेलु क्रिकेटमा मिहिनेत गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गर्ने प्रयासमा छन् ।
धोनी र युवराज
२. महेन्द्रसिंह धोनी (७ करोड अमेरिकी डलर)
धोनी विश्व क्रिकेटका सर्वाधिक चर्चित र सफल क्रिकेट खेलाडीमा पर्छन् । भारतलाई टि-२० विश्वकप र वानडे विश्वकप दिलाउँदा कप्तान रहेका धोनी आक्रामक ब्याटिङका लागि प्रख्यात छन् । उनले सन् २०१३ मा च्याम्पियन्स ट्रफी जित्दै आईसीसीको आयोजनामा भएका तीनै प्रतियोगिता जित्ने एकमात्र कप्तान पनि बनेका थिए । सन् २००४ मा बंगलादेशविरुद्ध डेब्यु गरेका धोनीले सन् २०१९ को विश्वकप खेल्ने योजना बनाइरहेका छन् ।
१. विराट कोहली (९ करोड २० लाख अमेरिकी डलर)
विराट कोहली सबैभन्दा धनि क्रिकेट खेलाडी हुन् । आक्रामक प्रस्तुतिका लागि प्रख्यात रहेका कोहलीले विभिन्न संस्थाहरुको ब्राण्ड एम्बेसेडरको भूमिका निर्वाह गर्दै आएका छन् । सन् २००८ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनले थुप्रै कीर्तिमान आफ्नो नाम गरेका छन् । वानडे वरियताको शीर्ष स्थानका ब्याट्सम्यान कोहलीले आउने विश्वकपमा भारतलाई उपाधि दिलाउने सपना देखेका छन् । मैदानबाहिर पनि मैदानभित्र जतिकै सफल कोहलीलाई पछाडी पार्न अन्य खेलाडीले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]