default_image

6 years ago

October 16, 2018

दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्ट बुधबार; सन्दीपले नाम फिर्ता लिए

125 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ ।

sandeep Tu

यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् भने बुधबार खेलाडी ड्राफ्टमार्फत अन्य खेलाडी पनि निर्धारण हुनेछन् । अन्तर्राष्ट्रिय मार्की खेलाडीका रुपमा पनि ६ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

सहभागी टोली र मार्की खेलाडी :

केपटाउन ब्लिटज – जेपी ड्युमिनी

डर्बन हिट – हाशिम अमला

जोजी स्टार्स – कगीसो रबाडा

नेल्सन मण्डेला बे जायन्ट्स – इमरान ताहिर

पार्ल रक्स – फाफ डु प्लेसिस

श्वाने स्पार्टन्स – एबी डे भिल्लियार्स

अन्तर्राष्ट्रिय मार्की खेलाडीमा ओइन मोर्गन, जेसन रोय,  दाविद मालान (इंग्ल्यान्ड), क्रिस गेल, ड्वेन ब्राभो (वेस्ट इन्डिज) र रशिद खान (अफगानिस्तान) रहेका छन् आयोजकले २ सय भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले प्रतियोगितामा ड्राफ्टका लागि नाम दर्ता गरेका छन् । ड्राफ्ट बुधबार दक्षिण अफ्रिकामा हुँदैछ । प्रतियोगिताको नियम अनुसार प्रत्यक टोलीले कम्तिमा ३ राष्ट्रिय सम्झौता प्राप्त खेलाडी, ३-४ विदेशी खेलाडी र १ दक्षिण अफ्रिकी रुकी खेलाडी हुनुपर्ने प्रावधान छ । ड्राफ्टबाट प्रत्यक टोलीले १४ खेलाडी लिनेछन् ।

यसबीच नेपालका युवा स्टार सन्दीप लामिछानेले भने ड्राफ्टमा नाम दर्ता गराएपनि अन्तिम समयमा नाम फिर्ता लिएका छन् । राष्ट्रिय टोलीका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिएअनुसार सो समयमा सन्दीपले अन्य लिगमा पनि खेल्ने भएकाले उनले यस प्रतियोगिताको ड्राफ्टबाट नाम दर्ता फिर्ता लिएका हुन् ।

सन्दीप हाल अफगानिस्तान प्रिमियर लिगमा नङरहर लेपर्डबाट खेलिरहेका छन् । उनको टोली अहिले लिग तालिकाको चौथो स्थानमा रहेको छ । दोस्रो चरणमा पुग्ने टोलीको सम्भावना बलियो छ र लिगको अन्तिम खेल बुधबार हुनेछ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.