6 years ago
October 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा प्रिमियर लिग (पीपीएल) को कार्तिक ९ गते हुने उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्ने भएका छन् ।
स्थानीय टोली पोखराको मार्की खेलाडीमा शरद भेषावकर छन् भने विराटनगरले युवा स्टार सन्दीप लामिछानेलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दुवै टोलीले आफ्नो विदेशी खेलाडीबारे केहि खुलाएका छैनन् । खेल कार्तिक ९ गते ११ बजे पोखरा रंगशालामा सुरु हुनेछ ।
विगतका फ्रेन्चाइज प्रतियोगिताभन्दा यसपटक लिग चरणपछि खेल हुने पद्दति भने परिवर्तन गरिएको छ । लिग तालिकाको शीर्ष स्थानमा हुने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनलमा स्थान बनाउन क्वालिफायर खेल खेल्नेछन् ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । फाइनल खेल कार्तिक २० गते हुनेछ । सम्पूर्ण खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।
पीपीएलको खेल तालिका
कार्तिक ९ – ११:०० बजे – विराटनगर टाइटन्स विरुद्ध पोखरा पल्टन
कार्तिक १० – ९:०० बजे – चितवन राईनोज विरुद्ध बुटवल ब्लास्टर्स
१:१५ बजे – कोठमाडौं रोयल्स विरुद्ध धनगढी ब्लुज
कार्तिक ११ – ९:०० बजे – विराटनगर टाइटन्स विरुद्ध धनगढी ब्लुज
१:१५ बजे – बुटवल ब्लास्टर्स विरुद्ध पोखरा पल्टन
कार्तिक १२ – ९:०० बजे – विराटनगर टाइटन्स विरुद्ध काठमाडौं रोयल्स
१:१५ बजे – चितवन राईनोज विरुद्ध पोखरा पल्टन
कार्तिक १३ – विश्राम
कार्तिक १४ – ९:०० बजे – चितवन राईनोज विरुद्ध धनगढी ब्लुज
१:१५ बजे विराटनगर टाइटन्स विरुद्ध बुटवल ब्लास्टर्स
कार्तिक १५ – ९:०० बजे – चितवन राईनोज विरुद्ध कोठमाडौं रोयल्स
१:१५ बजे – धनगढी ब्लुज विरुद्ध बुटवल ब्लास्टर्स
कार्तिक १६ – ९:०० बजे – पोखरा पल्टन विरुद्ध धनगढी ब्लुज
१:१५ बजे – बुटवल ब्लास्टर्स विरुद्ध कोठमाडौं रोयल्स
कार्तिक १७ – ९:०० बजे – कोठमाडौं रोयल्स विरुद्ध पोखरा पल्टन
१:१५ बजे – विराटनगर टाइटन्स विरुद्ध चितवन राईनोज
कार्तिक १८ – ९:०० बजे – क्वालीफायर / एलिमिनेटर (दोस्रो विरुद्ध तेस्रो)
कार्तिक १९ – विश्राम
कार्तिक २० – फाइनल (पहिलो विरुद्ध क्वालिफायर विजेता)
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]