default_image

6 years ago

October 15, 2018

एपीएलमा २० वर्षीय अफगानी ब्याट्सम्यानको एकै ओभरमा ६ छक्का

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत आइतबार काबुल ज्वाननका २० वर्षीय अफगानी ब्याट्सम्यान हजरतुल्लाह जजाईले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्

बल्ख लेजेण्डविरुद्ध भएको खेलमा जजाईले १२ बलमा अर्धशतक पूरा गर्दै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरे । यसअघि युवराज सिंहले सन् २००७ को टि-२० विश्वकपमा १२ बलमा अर्धशतक पूरा गरेका थिए । उनले त्यस खेलमा इंग्ल्यान्डका स्टुआर्ट ब्रोडलाई लगातार ६ छक्का प्रहार गरेका थिए ।

वेस्ट इन्डिजका क्रिस गेलले पनि १२ बलमा नै अर्धशतक प्रहार गरेका छन् । उनी आइतबार विपक्षी टोली बल्ख लेजेण्डबाट खेलिरहेका नै थिए । गेलले ४८ बलमा ८० रनको आक्रामक इनिङस खेलेपछि बल्खले २ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गेल्ले १० छक्का प्रहार गरेका थिए ।

आइतबारको खेलमा जजाईले अब्दुल्ला मजारीको ओभरमा ६ छक्का प्रहार गरेका थिए । मजारीले एक बल वाइड फालेकाले एकै ओभरमा ३७ रन खर्चन पुगे । जजाईको आक्रामक ब्याटिङको बाबजुद उनको टोलीले जित दर्ता गर्न भने सकेन । काबुलले २० ओभरमा २ सय २३ रनमात्र जोड्न सक्यो ।

एकै ओभरमा ६ छक्का हानेको भिडियो हेर्नुहोस् :

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

Success

Thank you for your time.