default_image

6 years ago

October 14, 2018

सन्दीप लामिछाने एपीएलमा डेब्यु गर्दै (प्रत्यक्ष प्रसारण)

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा नङ्ग्राहार लेपर्डको टोलीबाट डेब्यु गर्दै छन् । दुई दिनअघि नेपालको टि-२० विश्वकप छनोट खेल सकेर यूएई पुगेका सन्दीप आज पाक्तिया प्यान्थर्सविरुद्ध प्लेइङ ११ मा परेका हुन् ।

शनिबार भएको खेलमा थकानका कारण देखाउँदै टोलीमा नपरेका सन्दीप आइतबारको खेलमा भने खेल्दैछन् । उनले तीव्र गतिका अस्ट्रेलियन बलर नाथन रिमिङटनको स्थान लिएका छन् । सन्दीपको टोलीको कप्तानी बेन कटीङले गरिरहेका छन् । सन्दीपको टोलीमा अफगानिस्तानका युवा स्पिनर मुजिब उर रहमान पनि रहेका छन् ।

सन्दीपको टोलीले टस जितेर ब्याटिङ रोजेको छ । टोलीमा जोन्स्टन चार्ल्स, एन्टोन डेभ्चिच, रहमत साह लगायत उत्कृष्ट ब्याट्सम्यान टोलीमा रहेका छन् । स्पिन बलर जाहिर खान र युवा तीव्र गतिका बलर नवीन उल हकको उपस्थितिले बलिङ बलियो पक्ष मानिएको छ ।

सन्दीपले नेपालबाट राम्रो प्रदर्शन गर्दै अन्य लिगमा पनि राम्रो खेलिरहेको र एपीएलमा पनि सोहि लयलाई कायम गर्ने बताएका छन् । उनले एपीएलको अनुभवले आफ्नो करिअरमा पनि सहयोग पुग्ने बताएका हुन् ।

खेलको प्रत्यक्ष प्रसारण :

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.