default_image

6 years ago

October 14, 2018

वेस्ट इन्डिजमाथि भारतको क्लिनस्विप

67 views

0 Bookmark

हैदराबाद (एजेन्सी) – वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखला भारतले क्लिन स्विप गरेको छ । अर्थात श्रृंखला २ –० जितेको छ । पाहुना टोली वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै क्लिन स्विप गर्न सफल भएको हो ।

दोस्रो टेस्टको तेस्रो दिन अन्तिम शेसनमा ७२ रनको लक्ष्प पक्ष्याएको भारतलाई ओपनर के.एल(लोकेश) राहुल र पृथ्वी शा ले समान ३३ रनमा नट आउट रहदैैैै सजिलै जिताएका हुन् । यस अघि वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३ सय ११ रन जोड्न सकेको थियो । त्यस्तै भारतले पहिलो इनिङ्समा ३ सय ६७ रन बनाएको थियो । पहिलो इनिङ्समा ५६ रनले पछि परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा १ सय २७ रन जोड्न सकेपछि भारतले समग्रमा ७२ रनको लक्ष्य पाएको होे ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका लागि उमेश यादवले पहिलो इनिङ्समा ६ तथा दोस्रो इनिङ्समा ४ विकेट लिए । वेस्ट इन्डिज पहिलो टेस्टमा भारतसँग २ सय ७२ रनको इनिङ्स अन्तरले पराजित भएको थियो । भारत र वेस्ट इन्डिजबीच थप ५ वान डे र ३ टी–२० क्रिकेट श्रृंखला हुने छ । अव पहिलो वान डे खेल अक्टोबर २१ मा हुने छ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.