default_image

6 years ago

October 13, 2018

‘प्रशिक्षण शैली र प्रशिक्षण टोलीमा परिवर्तन आवश्यक’ – कप्तान पारस

72 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीको अहिलेको स्तरलाई सुधार गर्नका लागि प्रशिक्षण तरिका र प्रशिक्षण टोली नै परिवर्तन गर्नुपर्ने औल्याएका छन् ।

मलेसियामा शुक्रबार सम्पन्न आइसीसी टि ट्वान्टी विश्व कप छनोट एसिया समूह ‘बी’ को विजेता बन्दै शनिबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै पारसले भने, हामीले धेरै कुरामा परिवर्तन गर्न आवश्यक छ । प्रशिक्षणको शैली र प्रशिक्षण टोलीमै पनि परिवर्तन आवश्यक छ । अहिलेको अवस्थामा भन्दा सुधारको खाचो छ । इमान्दार भएर भन्नुपर्दा हामीले परिवर्तन नगर्ने हो भने आउने दिन कठिन हुनेछ ।’

पारसले क्रिकेटको स्तर सुधारका लागि लामो योजनासहित विशेषज्ञहरु ल्याउनु पर्नेमा जोड दिएका छन् । ‘हामीले जति गर्न सक्छौं त्यति गरेका छौं,’ उनले थपे,‘ अब यो भन्दा स्तर बढाउन विशेषज्ञहरुको खाचो छ । टि ट्वान्टी विश्व कप छनोटको अर्को प्रतियोगिताका लागि हामीसँग अझै समय छ । त्यसलाई ध्यानमा राख्दै अघि बढ्न आवश्यक छ । नयाँ तरिकाले अघि बढेनौं भने आउने दिन झनै चुनौतिपूर्ण हुनेछन् ।’

विश्व कप छनोट एसिया समूह ‘बी’ को विजेताका रुपमा नेपाललाई सबैले हेरेको स्मरण गर्दै पारसले भने, हामीले सोचे जस्तै खेल्यौ । सबैले हामीबाट आशा गरे अनुरुपकै खेलेका छौं । समग्रमा हामीले सामूहिक प्रदर्शन गर्र्यौ ।’ ‘बी’को विजेता बन्नुलाई पहिलो खुड्किलोको रुपमा लिएका पारसले आउने दिन थप कठिन हुने बताएका छन् ।

‘हामी फेरि पनि टि ट्वान्टी विश्व कप खेल्न चाहन्छौं । त्यसका लागि यो पहिलो कदम हो,’ उनले भने,‘ आउने दिनमा हामीले छनोटको अर्को चरणमा अझै बढी चुनौतिको सामना गर्नुपर्ने हुन्छ । टि ट्वान्टी फम्र्याटमा जस्तो पनि नतिजा आउन सक्छ । वर्षको अन्त्य सुखद रुपमा भएको छ । सन् २०१९ हाम्रो लागि महत्वपूर्ण र चुनौतिपूर्ण दुवै छ ।’

नयाँ खेलाडीलाई मौका दिने विषयमा आफुहरु सधै सकारात्मक रहेको पनि पारसले प्रष्ट पारेका छन् ।‘ हामीले यो प्रतियोगिताका दौरान पुरै नयाँ खेलाडी मात्र खेलाउने कि भन्ने सम्मको योजना बनाएका थियौं,’ पारसले थपे,‘ तर छनोट चरण भएकाले धेरै जोखिम उठाउन पनि सहि लागेन । आउने दिनमा नयाँ खेलाडीले अझै मौका पाउनेछन् ।

पारसले सन्दीप लामिछाने र ललित राजवंशीको प्रदर्शनको खुलेर प्रशंसा गरे । ‘सन्दीपले असाधारण प्रदर्शन गरिरहेको छ । जसका कारण उनको विश्व क्रिकेटमा चर्चा छ,’ उनले भने,‘ उनको प्रदर्शनले नेपाली क्रिकेटलाई राम्रो भइरहेको छ । जे गरिरहेका छन्, त्यसको निरन्तरता आवश्यक छ ।’

छनोटमा २४ विकेट लिदै सन्दीप शीर्षस्थानमा रहेका थिए । एउटै प्रतियोगितामा नेपाली खेलाडीले लिएको त्यो सर्वाधिक विकेट हो । ललितले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो वर्ष दिनमा उच्च स्तरको प्रदर्शन गरेको भन्दै पारसले तारिफ गरेका छन् ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.