6 years ago
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जित्यो । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरुद्ध वर्षाले खेल बिथोलेपछि नेपाल रनरेटका आधारमा विजेता बनेको हो । यससँगै नेपाल छनोटको अर्को चरणमा प्रवेश गर्यो ।
प्रतियोगितामा नेपाल आफूभन्दा निकै तल्लो श्रेणीको टोलीसँग भिडेको थियो । ६ खेलमा ५ जित र १ बराबरी निकालेको नेपालले प्रतियोगिता अवधिभर संघर्ष गर्नु परेन । म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । कमजोर भुटानलाई १ सय १७ रन र चीनलाई १० विकेटले पराजित गर्दै नेपालले स्तरभिन्नताको उदाहरण प्रस्तुत गरेको थियो । यस प्रतियोगिताको शीर्ष तीन स्थानमा रहेर नेपालसहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरे ।
नेपाल समूह ‘बी’ बाट छनोट भएजस्तै समूह ‘ए’ बाट यसअघि नै संयुक्त अरब इमिरेट्स (यूएई), कतार र कुवेत पनि अर्को चरणका लागि छनोट भइसकेका छन् । अब दुवै समूहका छनोट भएका टोलीबीच क्षेत्रीय छनोट हुनेछ । प्रतियोगिता हुने स्थान र मिति भने तय भएको छैन । यस प्रतियोगिताको शीर्ष दुई टोलीले अन्तिम छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
विश्वकप आयोजक अस्ट्रेलियासहित शीर्ष १० राष्ट्र सिधै विश्वकपका लागि छनोट हुनेछन् । पछिल्लोपटक विश्वकप खेलेका र आईसीसी वरियतामा १० देखि १६ औं स्थानमा रहेका टोलीहरुले छनोटको अन्तिम चरणमा स्थान बनाउने छन् । यसका लागि ३१ डिसेम्बर २०१८ को वरियतालाई आधार मानिनेछ । एसियाको अन्तिम छनोटबाट २ टोली अगाडी बढेजस्तै युरोप र पूर्व एसिया प्यासिफिकको १-१ तथा अफ्रीका र युरोपको २-२ टोलीले छनोटमा भाग लिनेछन् ।
क्षेत्रीय छनोटका ८ टोली र टि-२० वरियताका १० देखि १६ औं स्थानका ६ टोली गरेर कुल १४ टोलीले विश्वकप छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताका शीर्ष ६ टोलीले अस्ट्रेलियामा हुने टि-२० विश्वकपमा सहभागिता जनाउनेछन् । सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने टि-२० विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]