6 years ago
October 12, 2018
एजेन्सी – श्रीलंकाका तीव्र गतिका बलर लाथिस मलिङ्गामाथि भारतीय गायिका चिन्मयी श्रीपदालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
केहि बर्ष पहिले आईपीएल चलिरहेको बेला मुम्बईको एक होटलमा मलिङ्गाले आफुमाथि यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी छन् । भारतीय इन्डियन टिभी स्पोर्टका अनुसार केहि बर्ष पहिले आईपीएल चलिरहेको बेला श्रीपदाका आफ्नो साथी मुम्बईको एक होटलमा हराएकी र उनलाई खोज्न जादा मलिङ्गासँग एक्कासी उक्त होटलमा भेट भएको थियो ।
उनले भनेकी छिन्, ‘मलिङ्गालले मेरी साथी उनको कोठामा भएको बताए । म उनको कोठामा पुगेँ, त्यहाँ मेरी साथी थिइनन् । त्यसै क्रममा मलिंगाले मलाई ओछ्यानमा लडाए । म उनीबाट फुत्किन खोजेँ तर सकिनँ । त्यति नै बेला डोरबेल बज्यो । होटलका स्टाफ केही कामले कोठामा आए । म त्यसै बेला वाशरुममा गएँ र मुख धोएर बाहिर निस्केँ ।’ तर क्रिकेटर मलिंगाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]