6 years ago
October 12, 2018
काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो ।
समान ६ खेलमा समान ११ अंक भएपनि नेपाल नेट रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो । यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अल आउट हुदैँ मात्र ८१ रन बनाउन सक्यो । उस्का लागि सुरेन्द्रन चन्द्रमोहनले बनाएको २५ रन नै सर्वाधिक रन बन्न पुग्यो । बसन्त रेग्मीको १०.२ ओभरमा बोल्ड आउटको शिकार हुनु अघि उनले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोड्न सकेका हुन ।
त्यस्तै मनप्रीत सिंह र सिद्धान्तले समान १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछाने घातक बलिङ गरे । सन्दीपले मात्र ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २ विकेट लिदा बसन्त रेग्मी र ललित नारायण राजवंशीे समान १ विकेट लिए ।
नेपालले यस अघि म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै भुटानलाई १ सय १७ र चीनलाई १० विकेटले पराजित गरेको थियो । नेपाल सहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]