default_image

6 years ago

October 12, 2018

सिंगापुरद्धारा नेपाल सामु ८२ रनको लक्ष्य प्रस्तुत, सन्दीपको नयाँ कीर्तिमान

63 views

0 Bookmark

काठमाडौँ – सन्दीप लामिछानेले कीर्तिमानि बलिङ गरेपछि मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम तथा फाइनल खेलमा सिंगापुरले नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अल आउट हुदैँ मात्र ८१ रन बनाउन सक्यो । उस्का लागि सुरेन्द्रन चन्द्रमोहनले बनाएको २५ रन नै सर्वाधिक रन बन्न पुग्यो । बसन्त रेग्मीको १०.२ ओभरमा बोल्ड आउटको शिकार हुनु अघि उनले ३२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोड्न सकेका हुन । त्यस्तै मनप्रीत सिंह र सिद्धान्तले समान १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछाने घातक बलिङ गरे । सन्दीपले मात्र ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २ विकेट लिदा बसन्त रेग्मी र ललित नारायण राजवंशीे समान १ विकेट लिए । ४ विकेट लिएका सन्दीपले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले एकै प्रतियोगितामा २४ विकेट लिने पहिलो नेपाली बलर बनेका हुन् । यस अघि विनोद दास र बसन्त रेग्मीको नाममा समान २१ विकेट रहेको थियो ।

January 18, 2025

यु १९ महिला विश्व कप – नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

Success

Thank you for your time.