default_image

6 years ago

October 12, 2018

सिंगापुरविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

101 views

0 Bookmark

काठमाडौँ – मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को छैटौ तथा अन्तिम खेलमा सिंगापुरबीरुद्ध नेपालले पहिला फिल्डीङ गर्ने भएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला फिल्डीङ गर्ने निर्णय लिएको हो । आजको खेल दुबै टोलीलाई फाइनल सरह हुने छ । विजेताले उपाधि जित्ने छ । नेपाललाई उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको छ । दुबै टोलीले समान ५ खेलमा समान ५ मा जित निकालेका छन् । अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् ।

जारी प्रतियोगितामा नेपाललाई अलि टक्कर दिन सक्ने टोली सिंगापुरनै हो । तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेली रहेको सिंगापुर र वान डे मान्यता पाएको नेपालको खेल स्तर आकाश पातलको फरक रहेको पाइन्छ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.