6 years ago
October 12, 2018
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेस्ट्र खेलमा अस्ट्रेलियाले ड्र गरेको छ । पाँचौ तथा अन्तिम दिनको खेल सकिदा दोस्रो इनिङ्समा अस्ट्रेलिया ३ सय ६२–८ स्थितिमा रहे पछि खेल बराबरीमा सकिएको हो ।
पहिलोइनिङस्मा ४ सय ८२ रनमा समेटिएको पाकिस्तानले दोस्रो इनिङ्समा १ सय ८१ – ६ को स्थितीमा चौथो दिन इनिङ्स सामप्तीको घोषणा गरेको थियो । अस्ट्रेलियाको लागि ट्रेविस हेड र उस्मान खवाजाले चौथो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी गर्दै हार टारेका हुन् । बराबरीमा खेल सकाउन खवाजाले दोस्रो इनिङमा सानदार शतक प्रहार गरे । खवाजाले ३ सय २ बलमा ११ चौका प्रहार गर्दै १ सय ४१ रन बनाए ।
त्यस्तैहेडले १ सय ७५ बलमा ५ चौका प्रहार गर्दै ७२ रन जोड्न सके । कप्तान टीम पेनीले १ सय ९४ बलमा ६२ रनमा नट आउट रहे । पाकिस्तानका लागि दोस्रो इनिङ्समा यासिर शाह ४ तथा मोहमम्द अब्बासले ३ विकेट लिए । यस अघि पहिलो इनिङ्समा मोहमम्द हफिज १ सय २६, हरिस सोहेललेले १ सय १० र असाद सफिकले ८० रन प्रहार गरेपछि पाकिस्तानले ४ सय ८२ रन बनाउन सकेको थियो ।
अस्ट्रेलियापहिलो इनिङ्समा २ सय २ रनमै समेटिएको थियो । अस्ट्रेलियालाई पहिलो इनिङ्समा सस्तैमा समेट्न पाकिस्तानका बिलाल आसिफले ६ तथा मोहमम्द अब्बासले ४ विकेट लिएका थिए । अब पाकिस्तान र अस्टेलियाबीच दोस्रो टेस्ट अक्टोबर १६ बाट सुरु हुने छ ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]