6 years ago
October 12, 2018
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पहिलो पटक आक्रमक तथा विकेट किपर ऋषभ पन्तालाई वान डे खेलमा मौका दिएको छ ।
वेस्ट इन्डिजसँग हुने ५ वान डे श्रृंखलामा सुरुवाती २ वान डे खेलको लागि १४ सदस्य टोली बिहिबार घोषणा गरेको छ । जस्मा युवा क्रिकेटर पन्तलाई मौका दिएको छ । पछिल्लो सममय इङ्ल्यान्ड भ्रमण तथा वेस्ट इन्डिजबीरुद्ध टेस्ट क्रिकेटमा सानदार प्रर्दशन गरेपछि दिनेश कात्तिकको स्थानमा भारतीय टोलीमा मौका पाएका हुन् ।
एसिया कपमा आराम दिएका कप्तान विराट कोहली पनि खेलमा फर्किएका छन् । त्यस्तै तिब्र गतिका बलर जसप्रित बुमराह र भुवनेश्वर कुमारलाई सूरुवाती दुई खेलमा आराम दिएको छ । एसिया कपमा परेका दिनेश कात्तिक र केदार जाधवले टोलीमा मौका पाएका छैनन् भने हार्दिक पाण्डे घाइते भएको कारण टिममा नपरेको विसीसीआईले जनाएको छ । भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा ५ वान डे श्रृंखला हुने छ ।
यस्तो छ १४ सदस्य टोली :
विराट कोहली (कप्तान),शिखर धवन,रोहित शर्मा,महेन्द्रसिंह धोनी,कुलदीप यादव, शालदुर ठाकुर,युवेन्द्र चाहाल,मोहमम्द शामी, ऋषभ पन्त,रविन्द्र जडेजा,मनिष पाण्डे,आम्बीत रायुडू, के.एल राहुल र खकील अमिद रहेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]