default_image

6 years ago

October 10, 2018

ताहिर चम्कँदा दक्षिण अफ्रिकाको सहज जित

67 views

0 Bookmark

एजेन्सी – जिम्बाब्बेसँगको पहिलो टी–२० क्रिकेटमा साउथ अफ्रिकाले सहज जित निकालेको छ । स्पिनर इमरान ताहिरले उत्कृष्ट प्रर्दशन गरेपछि साउथ अफ्रिका ३४ रनले विजयी भएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे १७.२ ओभरमा अल आउट हुँदै मात्र १ सय २६ रन बनाउन सक्यो । उसका लागि पिटर मुर ४४, ब्रेन्डन टेलर १९, ब्रान्डम मभुता २८, सेन विलियम्सले २१ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बाब्बेका ४ जना ब्याटम्यानले खाता सम्म खोल्न नसकि पेभिलिएन फर्किए । जिम्बाब्बेलाई सस्तैमा रोक्न इमरान ताहिरले घातक बलिङ गरे । उनले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै एन्डिल फेहेलुकवेओ र जुनियर डालाले समान दुई विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सकेको थियो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिस ३४, रस्सी भानडेर डुसेन ५६ र डेभिड मिलरले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बाब्बेका काइल जर्विस ३ तथा क्रिस मोफ्फोले २ विकेट लिए । दोस्रो टी–२० खेल अक्टोबर १२ मा हुने छ । यस अघि ३ वान डे को श्रींखलामा साउथ अफ्रिकाले क्लिन स्विप गरेको थियो ।

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

Success

Thank you for your time.