default_image

6 years ago

October 10, 2018

नेपाल दोस्रो ओभरमै १० विकेटले विजयी !

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो ।

नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपाल बलमा जित हासिल गर्न सफल रहयो । नेपालका लागि विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोडे । प्रदिप ऐरी ४ रनमा नटआउट रहे ।

पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको थियो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले  ३-३ विकेट लिए । एउटा विकेट रनआउट भएको थियो ।

नेपालले लगातार पाँचौ जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा बलियो पकड बनाएको छ । चीन भने लगातार पाँचौ हारसँगै पुछारमा छ । नेपालले अब अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.